arrow

के गर्छन् प्रधानमन्त्री ओली बालुवाटरमा ?

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
kp-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्को हप्तामात्र बाहिर निस्कने भएका छन् । बडादशैंको कार्यक्रममा सहभागी भएर धपेडीमा परेसंगै बिरामी परी शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियाक सेन्टरमा भर्ना भएर उपचार गराएपछि उनी प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले दैनिक गर्ने कार्यक्रमहरु बालुवाटारबाटै संचालित भइरहेका छन् । 

प्रधानमन्त्री ओलीले उच्चपदस्थ अधिकारी तथा कुटनीतिक नियोकका प्रतिनिधिहरुसंग बालुवाटारमै छलफल गर्ने गरेका छन् । साथै मन्त्रीहरुसंग निरन्तर छलफल गरी निर्देशनसमेत दिने गरेका छन् । 

अर्यालका अनुसार ओली पूर्ण रुपमा स्वस्थ्य भए पनि सार्वजनिक स्थल र भीडभाडबाट टाढा रहन चिकित्सकहरुले आग्रह गरे अनुसार ओली बाहिर ननिस्किएका हुन् । 

प्रधानमन्त्री ओली अर्को हप्ता भने सार्वजनिक कार्यक्रममा सरिक हुनेछन् । 

प्रधानमन्त्री ओलीले यसअघि १८ घण्टासम्म निरन्तर काम गर्दै आइरहेका थिए । उनले ‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रममा आफू बक्सर वा म्याराथन धावक नभएकाले १८ घण्टासम्म काम गर्न सकेको बताएका थिए । 

अर्यालका अनुसार गत शुक्रबार प्रधानमन्त्री ओली बालुवाटारमै एक प्रिजेन्टेशन कार्यक्रम रहेकाले लामो समय कार्यक्रममा बसेका थिए । 

बोली हैन काममा जोड ?
प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा धेरै समय खर्चिएपछि आलोचनासमेत भइरहेको थियो । 

प्रधानमन्त्री धेरै समय बाहिर निस्कन हुन्न भन्ने मान्यता विपरीत नै निरन्तर खटिइरहन्थे । ओलीको यही व्यवहारले गर्दा बोली हैन काम गर्न आग्रह गर्दै आइरहेको अवस्था छ । 

प्रधानमन्त्री ओलीले धेरै भाषण गरेकाले अरु मन्त्रीहरुदेखि सत्ताधारी नेताहरु पनि भाषणमै लागेर विकासका काम चौपट भएको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका थिए । 

तर यसपटकको ओलीको रणनीति भने काममुखी भएको सत्ताधारी नेताहरुले बताउन थालेका छन् । 

देशको कार्यकारीले धेरै समय सार्वजनिक स्थलमा बिताउनु भन्दा निवासमा बसेर पनि निर्देशन र अवलोकन गर्न सक्ने सुझाव प्रतिपक्षीहरुका संगै राजनीतिक विश्लेषकहरुले पनि बताउँदै आइरहेका छन् । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर सिंगो देश नै चिन्तित रहेका बेलामा निवासमै रहेर आराम गर्दै मन्त्रीहरुलाई दिएको निर्देशन पनि सकारात्मक रहेको विश्लेषण गर्न थालिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ