arrow

चीन नीतिबारे अमेरिकी नेताहरु नै अन्योलमा 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २ आइतबार

काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले चीनमाथिको कर नहटाउने बताएका छन् । चीनले अमेरिकाको माग पूरा नगरेसम्म अमेरिका कुनै पनि हालतमा पछि नहट्ने उनले बताएका छन् । 

शनिबार पपुवा न्युगिनीमा भएको एसिया प्यासिफिक आर्थिक सहयोग (एपेक)को बैठकको क्रममा उनले चीनमाथिको अतिरिक्त कर नहट्ने बताएका हुन् । अमेरिकाले चीनमाथि लगाएको अतिरिक्त कर हटाउनसक्ने समाचार आइरहेको अवस्थामा पेन्सले यसको खण्डन गरेका हुन् । 

अमेरिकाको माग चीनले पूरा नगरेसम्म अमेरिका आफ्नो बाटोबाट पछि नहट्ने पेन्सले बताएका हुन् । व्यापार तथा सुरक्षाको मामिलामा चीनसँग कुनै सम्झौता नहुने पेन्सको भनाइ छ ।

पेन्सले चीनसँग व्यापारिक असन्तुलन देखिएको कारण अहिले २ खर्ब ५० अर्ब डलरका सामग्रीहरुमाथि अतिरिक्त कर लगाइएको अवस्थामा आगामी दिनमा त्यसलाई दोब्बर पनि बनाइनसक्ने पेन्सले चेतावनी दिए । 

चीनले आफ्नो बाटो परिवर्तन नगरेसम्म अमेरिकाले पनि आफ्नो बाटो परिवर्तन नगर्ने पेन्सको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको अतिरिक्त शुल्क हट्नसक्ने संकेत गरेका थिए । उनले चीनले व्यापारयुद्ध समाधानको केही सूची पठाएको र त्यसको विषयमा छलफल भइरहेको बताएका थिए । 

ट्रम्पको यस्तो भनाइपछि उपराष्ट्रपतिको त्यसलाई खण्डन गर्ने अभिव्यक्त आउनुले अमेरिकामै चीनमाथिका नीतिबारे व्यापक अन्योलता रहेको देखिएको छ । नोभेम्बरको अन्तिममा चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ताको कार्यक्रम रहेको छ । 

यो भेटमा दुई मुलुकको व्यापारयुद्धको समाधान निस्किने अनुमान  गरिएको अवस्थामा अमेरिकी उपराष्ट्रपतिको अभिव्यक्तिले अन्योलता बढाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ