arrow

इन्धनको मूल्यले फ्रान्समा हिंसा, एकको ज्यान गयो, तीन लाख मानिस सडकमा

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २ आइतबार
france11.jpg

काठमाडौं । पछिल्लो समय इन्धनको बढ्दो मूल्यवृद्धिको विरोधमा फ्रान्सको सडकमा झण्डै तीन लाखभन्दा मानिसहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा एकको ज्यान गएको छ भने २ सयभन्दा बढी मानिसहरु घाइते भएका छन् । 

पछिल्लो समय इन्धनको मूल्य बढ्दो क्रममा रहेको भन्दै मानिसहरुले सवारी आवागमन ठप्प पारेका हुन् । राष्ट्रपति एम्यानुअल म्याक्रोनले समान्य मानिसहरुलाई वेवास्ता गर्दै आएको आरोप लाग्दै आएको छ । अहिलेसम्म म्याक्रोनले भने कुनै प्रतिक्रिया दिएका छैनन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरेका छन् । 

अहिलेसम्मको अवस्थामा करिब २ लाख ८० हजार मानिसहरुले फ्रान्सभर प्रदर्शन गरेको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ । प्रदर्शनको क्रममा ६३ वर्षीया एक महिलाको ज्यान गएको छ । कारहरुले भीडलाई वेवास्ता गर्दै अघि बढ्ने प्रयास गरेको कारण केही मानिसहरु घाइते भएको बताइएको छ  । 

पछिल्लो १२ महिनामा फ्रान्समा डिजेलको मूल्य २३ प्रतिशले बढेको छ । विश्व बजारमा बढ्दो क्रममा रहेको तेलको मूल्यको बीचमा फ्रान्सले हाइड्रोकार्बन कर ७.६ कर लगाउने निर्णय गरेसँगै मूल्य उल्लेख्य बढेको हो । प्रर्दशनकारीहरुले सरकारले लगाएको कर फिर्ता लिनुपर्ने माग राखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ