arrow

बालकले ६१ वर्षेलाई गोली ठोकेर मार्यो

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
killed-indian-usa.jpeg

काठमाडौं । अमेरिकाको न्युजर्सीमा एक १६ वर्षे बालकले ६१ वर्षको मानिसलाई गोल हानेर मारेको छ । १६ वर्षेेले बिहीबार राति भारतीय मुलका सुनील एडलालाई गोली हानेर मारेको हो । 

तेलंगनाका एडला आफ्नी आमाको ९५ औं जन्मजयन्ती मनाउन परिवारसहित अर्को महिना भारत आउँदै थिए । 

स्थानीय मिडियाका अनुसार नाइट सिफ्टको जागिर खानका लागि अफिस जाँदै गर्दा बेंन्टनोर शहरमा उनको गोली हानी हत्या भएको हो । 

पुलिसले आरोपीलाई शनिबारै पक्राउ गरेको छ । नाबालिग भएका कारणले उसको नाम भने नखुलाइएको प्रहरीले बताएको छ । 
एडला ३० वर्षदेखि हस्पिटालिटी उद्योगमा काम गर्दै आएका थिए । 

पोष्टमार्टम रिपोर्ट अनुसार एडलामाथि थुप्रै गोली प्रहार भएको थियो र घटनास्थलमै ज्यान गएको थियो । 

आरोपमा भारतीय मुलका सीईओ सिलिकन बैलीलाई पनि गिरफ्तार गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ