ओखलढुंगा । नागरिकका समस्या समाधान गर्न र विकासका काममा सहयोग गर्न सत्ता र शक्तिले ठुलो मद्दत गर्छ । तर सक्षम राजनीतिक नेतृत्वलाइ जनताका घाँउमा मल्हम पट्टी लगाउन सत्ता र शक्ति नै चाहिन्छ भन्ने होइन् । चुनाव हारेपनि गाँउ बस्तीका नागरिकका समस्या सुन्ने र आवश्यक विकासका कामलाइ निरन्तरता दिने काममा ओखलढुंगाका कांग्रेस नेता रामहरी खतिवडा अग्रपंतिमा देखिएका छन् । उनले चुनाव हारेपनि आफुले चुनावी अभियानको समयमा गरेका प्रतिवद्धता पुरा गर्दै गइरहेका छन् ।
नेपाली कांग्रेसको आन्तरिक समस्यालाइ व्यवस्थापन गर्न नसक्दा हार व्यहोरेका खतिवडा नागरिकका पक्षमा विकासका काम गर्न चुनावी नतिजाले खासै फरक नपर्ने बताउछन् । उनी भन्छन, ‘मलाइ जनताको काम गर्न कसैले छेक्दैन, चुनाव हारेपनि निरन्तर नागरिककै समस्या समाधानमा मेरो लगानी हुन्छ ।’ संसदीय निर्वाचन भएको एक बर्ष पुग्दै गर्दा निर्वाचित सांसदले गर्न नसकेका सार्वजनिक महत्वका दर्जनौं कामहरु निर्वाचन हारेपनि खतिवडाले गरिसकेका छन् । चुनावी अभियानमा सिंचाइको सुविधा नपुगेका गाउबस्तीहरुमा दुधकोशी, सुनकोशी, मोलुङ लगात खोलाका विभिन्न स्थानबाट सौर्य सिंचाइ प्रणली मार्फत सिंचाइको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका खतिवडाले उक्त प्रतिवद्धता यसै बर्ष पुरा गरेका छन् ।
उनको पहलमा चिशंखुगढी गाँउपालिका वडा नम्बर १ कुइभिरको माझीटार, सुनकोशी गाउपालिका वडा नम्बर १ र २ को बलखुवेसी, ६ को भुल्केटार र लिखु गाँउपालिका वडा नम्बर १ को नौबिसे र रातमाटे, चम्पादेवी को ताप्केडाँडामा गरी ८ स्थानमा सौर्य पम्पिङ सिचाइ योजना पास भएका छन् । उक्त योजनामा २० करोड भन्दा माथि बजेट विनियोजन हुँने बताइएको छ । केही दिन भित्रै यि योजनाको डिटेल सर्भेका लागि प्राविधिकको टोली आउने उनले बताए । यस भन्दा अघि नै खतिवडाले पलापु र मानेभञ्ज्याङमा ४ वटा सौर्य पम्पिङ सिचाइ योजना भित्र्याइसकेका छन् । सिंचाइ सुविधा नभएका गाउगाउमा सौर्य पम्पिङ सिचाइ योजना आएसंगै स्ख्खाग्रस्त क्षेत्रका नागरिकको मुहारमा खुसी छाएको छ । एक नम्बर प्रदेशकै सबैभन्दा बढी ओखलढुंगामा सौर्य पम्पिङ सिचाइ योजना ल्याएर सुख्खा क्षेत्रको सिंचाइ अभावलाइ पूर्ति गर्नुलाइ जिल्लाबासीले ठुलो उपलब्धिका रुपमा लिएका छन् ।
जिल्लाको विकासका क्रममा खतिवडाले रामपुर–प्राप्चा झोलुङगे पुल, माम्खा –रातमाटे खार्तेखोला झोलुङगे पुल, यसम–गाम्नाङटार जुकेखोला झोलुङगे पुल, विगुटारको पोकतिङ खोला झोलुङगेपुल, बलखु–पलापु मोटरयवल पुल, रावादोलु–रामेछाप माटरयवल पुल निर्माणका लागि सम्बन्धित निकायसंग पहल गरेको बताए । यसका अलवा खतिवडाले चुनाव पछि नै विभिन्न मठ मन्दीर, गुम्बा, पार्टी पौवा लगायत क्षेत्रमा समेत व्यक्तिगत तथा संस्थागत रुपमा सक्दो सहयोग गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनी जिल्लाको समृद्धि र विकासका लागि एक बर्षमै करोडौका योजना भित्र्याउन सफल भएको जिल्लाका नागरिकहरुको भनाइ छ ।
चुनाव जितेका सांसद यज्ञराज सुनुवारले केही दिन अघि ४ करोड रकम वाड्दैगर्दा विशेष महत्वका योजनामा भन्दापनि आफ्नै नजिकका कार्यकर्ता र नेकपाले चुनाव जितेका स्थानीयतहलाई प्राथमिक्ता दिएको आरोप वेहोर्नु परेको छ । ‘‘सुनुवारले चुनावी अभियानमा चर्का भाषणमार्फत जनतालाइ दिन केही बाँकी राखेनन्’ सिद्धिचरण नगरपालिका स्थित नेकपाका एक पुराना कार्यकर्ताले भने, तर चुनाव हारेकाको जतिपनि काम गर्न सकेनन ।’’
चुनाव जितेका सांसदले पूर्व सांसदको जतिपनि काम गर्न नसकेको भन्दै जिल्लाका नागरिकहरुले गुनासो गर्न थालेका छन् । सांसद सुनुवारले जाति र पार्टीको निकट रहेर काम गरेको भन्दै नेकपा भित्रबाटै असन्तुष्टि बाहिर आउन थालेको छ । निर्वाचित सांसदले जे गरेपनि आफु जाति र पार्टी भन्दा माथि उठेर निरन्तर नागरिकको पक्षमा अनि जिल्लाको विकास र समृद्धिको पक्षमा लागिरहने पूर्व सांसद समेत रहेका कांग्रेसका युवा नेता खतिवडाले बताए ।