arrow

काँग्रेस बैठक फेरि सुरु, नेविसंघको म्याद ६ महिना थप्ने तयारी

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
nc-party-office.png

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक केन्द्रीय कार्यालय सानेपामा फेरि सुरु भएको छ । आइतबार दिउँसोदेखि नै जारी रहेको बैठक विवाद समाधानका लागि केही समय स्थगित भएको थियो । पुनः सुरु भएको बैठकमा नेपाल विद्यार्थी संघको शनिबारदेखि सकिएको म्याद ६ महिनासम्म थप गर्ने तयारी रहेको नेताहरुले जनाएका छन् । तर पूर्ण सहमति भने भइनसकेको बताइएको छ । यसको विकल्पमा २ महिना मात्र थप्ने भन्ने बहस समेत चलिरहेकोले निर्णय हुन सकेको छैन । यदि २ महिना मात्र थप गर्ने अवस्था आएमा भने  नेविसंघको केन्द्रीय नेतृत्वले राजीनामा दिने तयारी गरेका छन् ।

आईतवार दिउँसो बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको विद्यामान केन्द्रीय कार्यसमितिको विकल्पको रुपमा अर्को समिति बनाउने वा अहिलेकै समितिलाई महाधिवेशन गर्न म्याण्डेट दिने भन्नेमा विवाद थियो । पछि यहि समितिको म्याद २ महिना थप्ने प्रस्ताव पनि गरिएको थियो । तर सो प्रस्तावमा अध्यक्ष नैनसिंह महरले आपत्ति जनाउँदै राजीनामा दिने धम्की समेत दिएका थिए । 

गत २१ असोजको केन्द्रीय समिति बैठकमा नेविसंघले बुझाएको विधानलाई एकातिर थन्काएर ३२ वर्षे उमेर हद सहितको विधान केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो। सो विधानलाई उमेरहद कायम गरेर पार्टी नेतृत्वले बहुमतले पारित समेत गरेको थियो । तर सोही दिनको बैठकको निर्णयमा असहमती राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका चार शीर्ष नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए। त्यसपछि नेविसंघका विषयमा पार्टी भित्र विवाद देखिदैं आएको थियो । अहिले उमेरहदको विषयमा पनि सहमति भएको जनार्इएको छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ