arrow

तीन कोइरालापछि अब विराटनगरमा सन्देश दिने पालो देउवाको, यस्तो छ कार्यक्रम

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
Sher-Bahadur-Deuba-1.jpg

काठमाडौं । नेपाली काँग्रेसका कोइराला परिवारका दोस्रो पुस्ताका त्रिशक्ति (सुजाता कोइराला, डा शेखर कोइराला र डा शशांक कोइराला) ले  विराटनगरमा एउटै फुलको  मालामा बाँधिएर एक भएको सन्देश दिएको अर्को दिन नै पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुग्दैछन् । 

नेपाली काँग्रेसको आसन्न महासमिति बैठकमा लैजाने राजनीतिक प्रस्तावका बारेमा प्रदेश १ का नेताहरुसंगको छलफल साथै सुझाव संकलन गर्ने क्रममा देउवा सोमबार साँझ ५ बजे बुद्धएयरको उडानबाट विराटनगर जान लागेको राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझीले बताए । 

काँग्रेसको केन्द्रीय समितिले यतिबेला सातै प्रदेशमा राजनीतिक प्रस्तावबारे स्थानीय नेताहरुसंग सुझाव संकलन गरिरहेको छ । सोही क्रममा देउवा सोमबार साँझ विराटनगर जान लागेका हुन् । 

रायमाझीका अनुसार मंगलबार बिहान ११ बजे वीरेन्द्रसभा हलमा काँग्रेस १ नम्बर प्रदेशका नेताहरुको भेला हुनेछ । सोही कार्यक्रममा देउवाले कार्यक्रम उद्घाटन गर्नेछन् । 

देउवाले त्यहाँ काँग्रेसलाई सशक्त बनाउन र तात्नका लागि नेताहरुसंग आब्हान गर्नेछन् । कार्यक्रममा हालै नियुक्त गरिएका  उपसभापति विजयकुमार गच्छदार पनि सहभागी हुने बुझिएको छ । 

नेता रायमाझीले भने, ‘प्रदेश १ को नाताले उहाँ पनि आउनु हुने नै छ, बिहान कन्फर्म होला ।’

काँग्रेसले आउँदो महासमितिको बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको मस्यौदा बनाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा मस्यौदा समिति नै बनाएको छ । 

आइतबार राति नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशन गर्ने समय दुई महिना थपेर देउवा विराटनगर जान लागेका हुन् । 

यता, कोइराला परिवारले विपी कोइराला र गिरिजाप्रसाद कोइरालाको काँग्रेसमा अझै प्रभाव रहेको भन्दै आसन्न महासमिति बैठक र महाधिवेशनलाई लक्षित गरी डा शेखर, डा शशांक र सुजाता एक ठाउँमा भेला भएका हुन् । विराटनगरमा पुगेका कोइराला त्रय एकै मालामा बाधिए, कहिल्यै नफुट्ने उद्घोष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ