arrow

ब्रेक्जिटको विकल्प छैन : मे 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ३ सोमबार
may.jpg.jpeg

काठमाडौं । बलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटको विकल्प नभएको बताएकी छिन् । उनले अघि सारेको ब्रेक्जिटको योजनाको कुनै पनि विकल्प नरहेको बताएकी हुन् । पछिल्लो समय ब्रेक्जिटबारे विभिन्न आशंकाहरु देखिएको अवस्थामा मेले यस्तो बताएकी हुन् । 

आगामी साता बेलायतको ब्रेक्जिटको खाकाको विषयमा ईयूका नेताहरुसँग वार्ताको तयारी चलिरहेको अवस्थामा यस किसिमको अभिव्यक्ति आएको हो । ईयूसँग वार्ताको लागि यो भन्दा राम्रो हुनै नसक्ने मेको दाबी छ । 

यदि संसदले यो सम्झौता अस्वीकार गरेको खण्डमा यसले थप विभाजन, अनिश्चितता र बेलायती नागरिकहरुको मतको अपमान हुने उनको भनाइ छ । अहिले बेलायतमा ब्रेक्जिटबारे पुनः मतदान गर्नुपर्ने भन्दै एउटा अभियान नै सञ्चालन भएको छ । 

अहिले ईयूमा अनुमोदनको लागि पठाइएको प्रस्ताव पुनः बेलायतको संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । बेलायतको संसदबाट भने यो प्रस्ताव अस्वीकार हुनसक्ने देखिएको छ । 

सो प्रस्ताव अस्वीकार भएमा विना  सम्झौता  ब्रेक्जिट हुने वा पुनः ब्रेक्जिटबारे जनमत गर्ने विकल्प हुनेछ । थप समस्या सिर्जना गर्नसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ