निर्वाचन पुर्वाधार विकास बजेट विनियोजनमा कांग्रेसको आपत्ती
प्रकाशित २०७५ मंसिर ३ सोमबार
676
Shares
बाजुरा । नेपाली कांग्रेस बाजुराले नेकपाबाट निर्वाचित संघिय सभाका सदस्य लाल बहादुर थापाले बाजुराको निर्वाचन पुर्वाधार विकास कार्यक्रम एकलौटी रुपमा विनियोगरेके प्रति आपत्ती जनाएको छ । आज जारी विज्ञप्तीमा नेपाली कांग्रेसले स्थापनाकालदेखि नै जनताका हक अधिकार स्थापना गर्न महा अभियानमा निरन्तर रुपमा लागि परेको उल्लेख गरिएको छ ।
आज जारी गरिएको विज्ञपतीमा नेपाली कांग्रेसले रैतीबाट नागरिक बनाउन पहल गर्नुका साथै संक्रमणकालिन अवस्थाको अन्तय गर्दै संविधान सभाको निर्वाचन समेत गरी संविधान जारी गरी कान्वान्वयन हुन थालेको बेलामा राण शासन चलाउन खोजेको प्रति नेपाली कांग्रेस बाजुराले विज्ञप्ती मार्फत घोर आपत्ती जनाएको छ ।
नेपाली कांग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितद्धारा हस्ताक्षरित विज्ञप्तीमा संघिय,प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन,शान्ति प्रक्रियाको सुनिश्चितता र मुलुकमा उदारबादी लोकतान्त्रिक मुल्य मान्यता स्थापना भएको विज्ञप्तीमा भनिएको छ ।
देशमा राजनितिक संघर्षपछि आर्थिक समृद्धीका लागि अघि बढेको देशमा राजनितिक दल,जिम्मेवारी तीन वटै सरकार तथा सबै क्षेत्रबाट संविधानको सही कार्यान्वय हुनुपर्नेमा स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम संचालन (कार्य विधी) नियामावली २०७५ को व्यवस्थालाई पालना नगरी एकल रुपमा संघिय सभाका सदस्य लाल बहादुर थापाले ४ करोड रुपैयाँ मनपरी रुपमा आयोजना छनोट दगरी बजेट विनियोजन गर्नु र स्थानीइ सरकारसंग समन्वय र परामर्श नै नगरी आयोजना छनोट गरी ४ करोड बाँडफाँड गरेको प्रति नेपाली कांग्रेस बाजुराको गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले बताए ।
उनले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम(संचालन कार्यविधी) नियामावली क२०७५ को नियम ३ मा कार्यक्रम परामर्श समितिसंग समन्वय रहने व्यवस्था भएपनि परामर्श समितिका सलदस्यहरुसंग समन्वय नगरी छुट्याइएको प्रति आपत्ती जनाएको हो ।
परामर्श समितिले आफ्नो निर्वाचन क्षेत्रमा संचालन हुने कार्यक्रमको समन्वय र सहजीकरण गरी निर्देशक समितिलाई बुझाउनुपर्ने,कार्यक्रम निर्देशक समितिले परामर्श समितिबाट वार्षिक विकास कार्यक्रम संकलन तथा विश्लेषण गर्ने,आयोजना छनोटका मापदण्ड तयार गर्ने र नियम ९ बमोजिम छनौट भएका आयोजनाको स्वीकत दिने र कार्यान्वयका लागि मन्त्रालय र सम्बन्धित स्थानी तहमा लेखि पठाउने काम कर्तव्य र अधिकार उल्लेख गरिएकोमा परामर्श समितिको परामर्श एवं समन्वयमा विना तथा नियमावलीको नियम ९को पालना नगरी स्थानीय सरकारको परामर्श एवं सुझाव विना तथा गाउँ तथा नगर सभाबाट पारित नभउका आयोजनाहरु छनौट गरी सकाकनुनको पालना गर्नुको साटोलसंघिय ,प्रदेश सरकार एवं स्थानीय सरकारलाई सहयोग गर्नुको साटो संघका सदस्यबाट नै उल्लघन भएको प्रति नेपाली कांग्रेस बाजुरालेक कडा आपत्ती जनाएको हो ।
संघिय सभाका सदस्यले संघिय सरकारद्धारा निर्माण गरिएका नियामवली पुर्ण पालना गर्नको साटो नियमावलीको आफु अनुकुल व्याख्या भएको नेपाली कांग्रेसको ठहर रहेको छ । निर्देशक समितिले परामर्श समितिको बैठक नबोलाएर नै निर्देशक समितिका संयोजकको ठाडो निर्दैशनमा बैठक स्थगित गर्दै कोठे बैठक गरी आयोजनाहरु छनौट गरी बजेट विनियोजन गरिएको हो ।एकलोटी रुपमा छनौट गरिएका आयोजनाहरु तत्काल खारेज गरी परामर्श समितिको बैठकबाट आयोजना छनौट गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको विज्ञप्तिमा भनिएको छ ।
एकलौटी रुपमा छनोट गरिएका आयोजनाहरु नसच्याइए यथास्थििती जवरजस्ती लाद्न खोजेका उक्त आयोजना कार्यान्वय हुन नदिने र जिल्लाबाट प्रतिनिधत्व गर्ने संघिय सांसदका सदस्यको संलग्नता हुने कुनै कार्यक्रममा सहभागि नभई बहिस्कार गर्ने र पाटीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सहितका निकायलाई बहिस्कार गर्न लगाउने जारी विप्त्तीमा लेखिएको नेपाली कांग्रेस बाजुराले बताएको छ ।
शनिबार जिल्लाका ६ स्थानीइ तका जनप्रतिनिधी र जिल्ला समन्वय समितिका प्रमुख उप प्रमुख सहित ८ जनाले संघिय सभाका सदस्य लाल बहादुर थापाले एकलौटी रुपमा आयोजना छनोट गरिएको प्रति ध्यानाकर्षण जारी गरेको थियो । परामर्श समितिसंग कुनै परामर्श नगरी कोठेबैठकबबाट आयोजना छनोट गरेको स्थानीइ सरकारका ८ जना जनप्रतिनिधीहरुले ध्यानाकर्षण पत्र जारी गरेको बताइएको छ ।
यता संघिय सभाका सदस्यका स्वकीय सचिव सुरेश रोकायाल निर्देशक समितिले परामर्श समितिको आवश्यक परेमा मात्र परामर्श लिन सक्ने समयावधी कम अवथा परामर्श लिन नचाहेमा साझै निर्देशक समितिले बजेट विनिजयोन गर्न पाउने प्रावधान रहेको बताए ।