रोल्पाको थबाङमा लागूऔषधको उत्पादन बढ्यो, घर्तीगाउँबाट ९ किलो चरेससहित महिला पक्राउ
पहलमान घर्ती,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
237
Shares
रोल्पा । रोल्पामा ९ किलो ३ सय ग्राम चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध चरेस ओसारपसारमा संलग्न थबाङ गाँउपालिका २ की ५१ वर्षीया दिलकुमारी घर्तीमगरलाई शुक्रबार माडी गाँउपालिका १ घर्तीगाँउ बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
चरेसलाई रोल्पाबाट दाङ लैजाँदै गर्दा प्रहरीले रोल्पाको घर्तीगाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार रोल्पाबाट घर्तीगाउँ हुँदै दाङ लैजाने क्रममा विशेष सुराकीका आधारमा चेकजाँचका क्रममा उनलाई चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध लागू औषध सम्बन्धी ऐन अनुसार कानुनी कारवाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । रोल्पाका थबाङ गाउँपालिका अन्तरगतका गाउँहरुमा चरेस उत्पादन बढीरहेको प्रहरीले जनाएको छ ।
उनलाई रा १ ख ७४२ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो । केही समययता घर्तीगाउलाई लागू औषध चरेस ओसार्न प्रयोग गर्ने मुख्य केन्द्रका रुपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
केही समय अघि घर्तीगाँउबाटै ५० किलो चरेससहित दुई युवालाई प्रहरीले पक्राउ गरेको थियो ।