arrow

सडकभन्दा सय मिटर तल खस्यो जीप, एकको मृत्यु, सात घाइते 

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ मंसिर ३ सोमबार
accident-final.jpeg

पाल्पा ।  रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना भएको छ । बागलुङबाट बुटवलतर्फ  आउँदै  गरेको लु १च ५०३५ नम्बरको बोलेर जीप सोमबार बिहान दुर्घटना भएको  हो । 

दुर्घटनामा  एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  मृत्यु हुनेमा बागलुङको बरेङ गाउँपालिका ३ का एक वर्षीय अङ्कित दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईते  हुनेहरुमा  बरेङ गाउँपालिका ३ कै २० वर्षका कमल दर्जी, ५० वर्षकी सरस्ती दर्जी, ४३ वर्षका यमबहादुर नेपाली, २४ वर्षका विष्णु सुनार, ६३ वर्षका तुलबहादुर परियार, २१ वर्षकी कमला परियार, र चालक ५१ वर्षका मुक्तबहादुर खत्री रहेका छन् । घाईते  मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।  

गम्भीर हुनेमा  यम, तुल र सरस्वती रहेको र उनीहरु सबैको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । जीप सडकभन्दा करिब सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण बारे  अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ । रामचन्द्र रायमाझी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ