arrow

आफूहरु भुमिगत नभएको भन्दै विप्लवका कार्यकर्ताले गरे बझाङमा प्रदर्शन

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
biplav-karyakarta.jpg

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । नेकपाका झण्डै ३ सय भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकार विरुद्ध नारबाजी गदै बजार परिक्रमा सहीत प्रदर्शन गरेका हुन् ।

 नेकपा समर्थक उच्च स्तरीय नेताहरु र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु भुमिगत भएको भन्दै सरकारी तहबाट आफुहरुलाई आरोप लगाएको र आफुहरु भुमिगत नभई जनताको माझमा र विच सडकमा भएको भन्दै आफुहरुले जनप्रदर्शन गरेको  नेकपाका जिल्ला कमीटी सदस्य जोग बहादुर कठायत (विश्वास) ले बताए ।

खुल्ला मञ्च बाट सुरु गरिएको उक्त जनप्रदर्शन बजार परिक्रममा पश्चात मेन चौराहमा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्लाकमीटी सचिब भरत मल्ल (सुवास) ले मजदुरको अवस्था ज्युका त्यु रहने तर हुने खानेहरु दिन प्रति दिन रातारात झन झन धनी हुदै जाने यसको विरोधमा आफुहरु रहेको, काम गरी पसीना बगाउनेहरु झन झन गरीब हुने र  काम नगर्ने धनी हुने परिाटीको अन्त्यका लागी आफुहरु संघर्ष गर्न तयार रहेको समेत बताए ।

बझाङ जिल्लामा भएका १२ वटा स्थानीय तहका जनप्रतिनीधीहरु जनताको पक्षमा नभई पावर र पैशाको पक्षमा रहेको समेत आरोप लगाए। यस्तो रितीथिती देख्दा देख्दै आफुहरु टुलु टुलु हेरेर नबस्ने यसका विरुद्ध आफुहरु लागी पर्ने समेत बताए । साथै उनले बझाङ जिल्लाको विकट क्षेत्र बाट संसार परिवर्त हुने बताउदै सरकारलाई अंगीत गर्दै जिल्लाको विकट क्षेत्र बाट डढेलो निश्की सकेको र यस डढेलोको सामना गर्न कसैले नसक्ने समेत बताए ।
 
यस्तै कार्यक्रममा सम्बोधन महिला केन्द्रयि सदस्य देबकी मल्ल र जिल्ला कमीटी सदस्य जोग बहादुर कठायतले समेत सम्बोधन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ