arrow

कांग्रेस झन् झन् कमजोर बन्दै गयो : प्रकाशमान

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
Prakashman-Singh.jpg

प्युठान । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वको कमजोरीका कारण पार्टी झन् झन् कमजोर हुँदै गएको बताएका छन् ।  सिंहले नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले सोमबार आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
 
सिंहले पार्टी लक्ष्य र उद्देश्यबाट बिमुख हुँदै जाँदा देश भरका कार्यकर्तामा निराशा पेदा भएको बताए । उनले केही सिमित व्यक्तिको उकसावटमा बहुमत को दम्भ मा नेतृत्व रमिते बन्नु अत्यन्ते दुखद रहेको बताए ।

चुनावी मुखमा आएर सरकारको नेतृत्व गरिरहेको  पार्टीले एकपछि अर्को निर्णय राजदुतको नियुक्ति होस वा आईजि नियुक्ति प्रकरण न्यायलयसंग जोडिएका निर्णय गरेर हरेक बिषयमा अलोकप्रिय जन चाहानाका कारण पार्टी यहाँ पुगेको बताए ।

पार्टी बिधिविधान अनुसार चल्नु पर्छ आफुले बारबार भननेको उल्लेख गर्दै सिंहले आफुलाई बिरोधि देख्ने गरेता पनि बिधान भन्दा कोईपनि  माथि नहुने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हिर्दयरमा थानि, रामकृष्ण यादव, राष्ट्रिय योजना आयोका पुर्व उपाध्यक्ष डाक्टर गोबिन्द राज पोखरेल,  काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ लगायतले अब कांग्रेस सुधार को आवश्यकता रहेको बिचार व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ