बर्दियामा बसले ठक्कर दिँदा १४ वर्षिया किशोरीको ज्यान गयो
मुरली गोडिया,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
232
Shares
बर्दिया। बर्दियामा बसले ठक्कर दिँदा साइकलमा सवार १४ वर्षिया एक किशोरीको घटना स्थलमै ज्यान गएको छ। कालिकोटबाट टीकापुरतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा साइकलमा सवार किशोरीको मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–२ स्थित रानीपुरमा ना ४ ख ५३७५ नम्बरको यात्रु बाहक बसले ठक्कर दिँदा सोही नगरपालिका वडा नम्बर ६ बकुवा निवासी १४ वर्षीया किशोरी निर्मला थारुको मृत्यु भएको हो। पढ्नका लागि साइकलमा गइरहेको अवस्थामा सोमबार बिहान थारुलाई बसले ठक्कर दिएको थियो।
बालिकालाई ठक्कर दिने बसको समिति सुदूरपश्चिम यातायात समितिको प्रतिनिधि नआएको भन्दै स्थानीयवासीले बिहान देखि नै घटनास्थलबाट शव उठाउन दिएका थिएनन्। शव नउठदा सम्म उक्त क्षेत्रका यातायात ठप्प भएको थियो। समितिको प्रतिनिधि र स्थानियबासी बीच सहमति भए पछि अपरान्ह ४ बजे पछि मात्र शव उठाइ भेरी अन्चल अस्पताल बाँके पठाइएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ आवश्य अनुसन्धान सुरु गरेको जनाएको छ।