arrow

काँग्रेसको नजर नलागोस् भनेर मेट्रो उद्घाटन अघि विजेपीको यज्ञ

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
mahayagya.jpg

काठमाडौं । भारतको फरिदाबादमा भर्खरै सञ्चालनमा आउन लागेको मेट्रो रेलको उद्घाटनको लागि एक महायज्ञको गरिँदै थियो । शहरको एक ड्रीम प्रोजेक्ट अन्ततः सोमबारदेखि पूरा हुँदै थियो । बल्लभगढसम्म मेट्रो सुविधा यात्रीहरुलाई मिल्ने भएको थियो । त्यसो त सो रेलको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गुडगाउँको सुल्तानपुरबाट बटन दबाएर त्यसाको उद्घाटन गरेका हुन् ।

तर, त्योसँगै विजेपीकै एक सांसद् भने बृहत् यज्ञमा व्यस्त थिए । त्यो उद्घाटन भन्दा पहिले ठूलो हवनको आयोजन बीजेपी विधायक मूलचन्द शर्माले गरेका थिए । हवनको क्रममा मूलचन्द शर्माले भने कि यो हवन अरु कसैको लागि नभएर कांग्रेसको नजर यो प्रोजेक्टमाथि नलागोस् यसको लागि मात्रै गरिएको हो । 

मूलचन्द शर्माका अनुसार जसरी मोहम्मद गोरी तथा गजनीले देशलाई लुटे । त्यसै प्रकार कांग्रेस  भारत लुट्यो। पछिल्लो सरकारले औद्योगिक नगरी फरीदाबादलाई सधैं विगार्ने काम मात्रै गर्यो । मूलचन्द शर्माले भने कि हरियाणाका सीएम मनोहर लाल तथा पीएम नरेन्द्र मोदीको मेट्रोको लागि दिईएको पैसामाथि काँग्रेसको नजर जलागोस् ।

यसैको लागि विहानै वैदिक विधिमार्फत् हवन गरेर यसको नजर सुरक्षित गरिएका छ । उनले भने कि जसको घरमा ४ गाडी छ । त्यो मान्छे मेट्रोमा कहिलै पनि चढ्दैनन् । बल्लभगढमा ८० कोलोनीको सेन्टर छ। यहाँ रेलवे स्टेशन, बस अड्डा, नेशनल हाइवे तथा मेट्रोको अनौठो संगम हो। 

त्यस्तै, आवास एवं शहरी विकास मन्त्री हरदीप सिंह पुरीले आफ्नो सम्बोधनको क्रममा भने कि जसको घरमा ४ गाडीहरु छन् । उनीहरु मेट्रो चढ्दैनन् । एक बार मेट्रोले पुरा सफलता प्राप्त गर्यो भने यस्ता मानिसहरु पनि मेट्रो चढ्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ