arrow

ट्रम्पसँग वार्ता गर्न किमका लागि साढे ६ लाखको कोठा

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
fullerton-hotel-singapore.jpeg

काठमाडौं ।  उत्तर कोरियाका नेता किम जोङ उन आफू पैसा बोक्दैनन् । अमेरिकी प्रतिबन्धको कारण उत्तर कोरियाको अर्थतन्त्र समस्यामा रहेको छ । तर किम जोङ उनको जीवनमा आरामको कुनै कमी छैन । १२ जुन किमले अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा भेटेवार्ता गरे  । सो भेटघाट कार्यक्रम भन्दा पहिले किमले आवश्यक सुविधाको  सुची पठाएका थिए । जसलाई पढेर अमेरिकी अधिकारीहरुको टाउको भारी भएको थियो।

किम जोङ उनले सिंगापुरमा बस्ने व्यवस्था सिंगापुर नदीको किनारमा बनेको फुलर्टन होटलमा हुनु पर्ने माग गरे । उनले बस्न माग गरेको फुलर्टन होटलको एकै कोठाको मुल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । किमलाई एक कोठाले पुग्ने कुरै भएन उनलाई करिब दुई दर्जन कोठा आवश्यक थियो ।

सो प्रस्वावको अमेरिकी अधिकारीले विरोध गरे । उनिहरुले जब किम जोङ उन सिंगापुरका पाहुना हुन् भने त्यसको खर्च अमेरिकाले किन गर्नुपर्ने भन्ने तर्क गरे । साथै उत्तर कोरियाको राजधानी प्यायोङमा ट्रम्पको विरोध भइ रहेको थियो । त्यहाँका नागरिकले अमेरिकाको खर्चमा बस्नु भनेको उत्तर कोरियाका नेताको अपमान हो भनेका थिए ।  

 यसैवीच सो समस्याको सामाधान संगापुरले गरेको थियो । संगापुरले  अमेरिका र उत्तर कोरियाको भेटवर्ताको खर्च आफैले बहन गरेको थियो । अमेरिकी अधिकारीले संगापुरलाई एक सन्देश पठाउदै भेटघाटको खर्च व्यहोर्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ