arrow

तीन व्यक्तिको पञ्जामा विश्व तेल बजार

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
trump-bin-salman-putin.png

काठमाडौं । पछिल्लो समय विश्वको तेल बजारबारे विभिन्न किसिमको आशंका देखिएको छ । पछिल्लो समय मोहम्मद बिन सलमान, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको वरिपरी घुमेको देखिन्छ । रुस, साउदी अरेबिया र अमेरिकाजस्ता मुलुकहरु तेल बजारमा महत्वपूर्ण भूमिका खेल्ने गरेका मुलुकहरु हुन् । 

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकहरुको संगठन ओपेकले अहिले तेल बजारबाट आफ्नो नियन्त्रण बिस्तारै गुमाउँदै गरेको देखिन्छ । विशेषगरी समग्र तेलको बजारमा केवल तीन जनाको नाममा घुमेको देखिन्छ । यसले सन् २०१९ मा विश्व बजारमा तेलको मूल्य यी तीनै मानिसहरुका कदममा निर्भर रहने स्पष्ट छ । उक्त मुलुकहरुले ओपेकले समग्रमा उत्पादन गर्ने तेलभन्दा बढी तेल उत्पादन गर्ने गर्छन् । उक्त मुलुकहरुमा २ मुलुकहरु आगामी दिनमा आफ्नो तेलको उत्पादन बढाउने तयारीमा छन् । 

गएको जुन महिनाबाट रुस र साउदीले आफ्नो तेल उत्पादन बढाउने निर्णय गरेका थिए । सन् २०१७ को सुरुदेखि उक्त मुलुकहरुले तेल उत्पादनमा कटौती गर्दै आएका थिए । अहिले इरानमाथिको अमेरिकी प्रतिबन्ध जारी रहेको छ । यस्तोमा केही मुलुकहरु इरानलाई राहत पुग्ने किसिमको योजना ल्याउने तयारीमा रहेका छन् । 

यस्तोमा तेलको बजार कुन दिशातर्फ जान्न भन्नेबारे अन्योल देखिन्छ । उर्जाको क्षेत्रमा काम गरिरहेको ओईसीडी कम्पनीले तेलको भण्डारण पुनः बढ्दै गएको बताएको छ । सन् २०१७ मा तेल उत्पादनमा गरिएको कटौतीसँगै घटेको भए पनि अहिले भने तेल भण्डारण बढ्दो क्रममा रहेको देखिन्छ । यसको अर्थ पछिल्लो समय व्यापक मात्रामा तेलको उत्पादनमा वृद्धि भइरहेको छ ।  

साउदी अरेबियाले आगामी महिनादेखि आफ्नो तेल उत्पादनमा ५ लाख ब्यारेलले कटौती तयारी गरेको छ । यसमा रुसले भने राम्रो प्रतिक्रिया दिएको छ भने ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा साउदीको यो तयारीको विरोध गर्दै आएका हुन् । साउदी राजकुमार बिन सलमान तेलको राजस्वले मुलुुकलाई नयाँ संरचनामा बदल्ने योजनामा रहेका छन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले साउदीलाई आगामी वर्ष बजेट सन्तुलनमा राख्नका लागि तेलको मूल्य प्रतिब्यारेल ७३ दशमलव ३ डलरमा रहनुपर्ने बताएको छ । अहिले ब्रेन्ट क्रुडको मूल्य त्यसभन्दा ५ डलर बढी रहेको छ । उत्पादन कटौती गर्दै तेलको मूल्य बढाउने ध्याउन्नमा साउदी रहेको छ । 

साउदीले भने रुस र अमेरिकाबाट पनि उल्लेख्य चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । रुसी राष्ट्रपति तेलको उत्पादन घटाउने पक्षमा देखिँदैनन् भने अमेरिकी राष्ट्रपति ट्रम्प बढाउने पक्षमा छन् । रुस तेलको मूल्य प्रतिब्यारेल ७० डलरमा हुनु राम्रो रहेको बताउँदै आएको छ। 

साउदी अरेबियाको लागि पछिल्लो समय पत्रकार जमाल खाशोग्गीको विषयले पनि अन्तर्राष्ट्रिय दबाब रहेको अवस्थामा तेलको राजनीतिमा आफ्नो अडान कायम राख्न केही कठिन हुनसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ