arrow

चिनियाँ राष्ट्रपति फिलिपिन्स भ्रमणमा

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
xi-jing-ping.png

मनिला। फिलिपिन्सको राजकीय भ्रमणका सिलसिलामा चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार मनिला आइपुगेका छन्। प्रशान्त क्षेत्रका राष्ट्रमाथि प्रभाव कायम राख्न प्रयत्नरत अमेरिका र चीनबीच सङ्घर्ष भइरहेका बेला राष्ट्रपति सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सन् २०१६ को चुनावबाट फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटर्टे निर्वाचित भएसँगै चीनलाई अप्रत्यासित साझेदार मित्रराष्ट्र प्राप्त भएको हो। डुटर्टेले राष्ट्रपतिमा विजय हासिल गरेपछि फिलिपिन्सको अमेरिकासँगको शताब्दीऔंदेखिको सम्बन्धमा कटुता आएको थियो। फिलिपिन्सले पछिल्ला वर्षहरुमा अमेरिकाको सट्टा बढी मात्रामा चीनबाट लगानी भित्र्याउनुका साथै व्यापारिक साझेदारी निर्माण गरिरहेको छ।

विगत १३ वर्षमा पहिलोपटक हुन लागेको चिनीया राष्ट्रपतिको भ्रमणका अवसरमा बेइजिङले प्रतिज्ञा गरेबमोजिमका ठूला पूर्वाधार परियोजनामा लगानीसम्बन्धी सम्झौता हुने मनिलाले जनाएको छ। दुई वर्षअघि डुटर्टेको चीन भ्रमणका अवसरमा ती परियोजनामा लगानीसम्बन्धी सहमति भएको थियो।

चीनले सन् २०१३ यतामात्र अर्बौं डलरको ऋण सहायता फिलिपिन्सलाई उपलब्ध गराइसकेको छ। एसियामा दोस्रो विश्वयुद्धपछि कायम रहेको अमेरिकाको प्रभावलाई चीनले राजनीतिक र आर्थिक दुवै मोर्चामा चुनौती दिइरहेको छ। तर, मङ्गलबार अपराह्न मनिला आइपुग्नु अघि मनिलास्थित चिनीया दूतावास अघिल्तिर भेला भएका केही प्रदर्शनकारीले चीन विरोधी नारा लगाएका छन्। उनीहरुले “फिलिपिन्स बिक्रीमा छैन” भन्दै नाराबजी गरेका थिए। उनीहरुले विवादित दक्षिण चीन सागरबाट चीन अलग्ग हुनुपर्ने बताएका छन्।

डुटर्टेले भने राष्ट्रपति सीलाई न्यानो आतिथ्यता प्रदान गर्नुभएको छ। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामासँग तिक्ततापूर्ण सम्बन्ध रहेपनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपति डुटर्टेको सम्बन्ध सुधार भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ