arrow

छत्तीसगढमा दोस्रो चरणको मतदान शुरु

logo
एएनआई,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
chhattisgarh-india.jpg

रायपुर, छत्तीसगढ। भारतको छत्तीसगढ राज्यको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान शुरु भएको छ। यो चुनाव राज्यका १९ जिल्लाका ७२ स्थानका लागि हुँदैछ। छत्तीसगढ विधानसभा ९० सदस्यीय रहेको छ। सबै मतदान स्थलमा विद्युतीय मतदान मेसिन (इभीएम) को व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

चरमपन्थी नक्सलीहरुको आक्रमणको भयले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा १९ हजार २९६ वटा मतदान केन्द्र राखिएको छ। दोस्रो चरणको यस मतदानमा भारतीय जनता पार्टी र कङ्ग्रेस सहितका दलहरु तथा स्वतन्त्र गरी एक हजार ७९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

गत नोभेम्बर १२ मा सम्पन्न पहिलो चरणको मतदानमा आठवटा जिल्लाका १८ स्थानका लागि चुनाव भएको थियो। पहिलो चरणको चुनावमा ७० प्रतिशत मतदान भएको छ। सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले ४९ स्थानमा विजय हासिल गरी ९० सदस्यीय संसदमा बहुमत हासिल गरेको थियो। चुनावमा कङ्ग्रेसले ३९, बिएसपी र स्वतन्त्रले एक स्थान जितेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ