arrow

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
chicago-shooting.jpg

शिकागो, संयुक्तराज्य अमेरिका। अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ। उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो। पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो।

गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान गएको थियो। एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको थियो भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानेको थियो। तर पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिनको लागि प्रहरीले नै गोलाबारी गर्नु परेको थियो । अस्पतालमा पार्किङ् इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

मारिने अर्को एकजनामा गोली प्रहार गर्ने व्यक्ति नै रहेका छन्। ती व्यक्तिले आफूले आफैलाई गोली हानेका हुन् या प्रहरीको गोली लागेर भन्ने बारेमा भने केही बताइएको छैन। दुई महिला कर्मचारी र एकजना प्रहरी अधिकारीको भने सो व्यक्तिकै गोली लागेर मृत्यु भएको हो।

स्थानीय समयानुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा यस गोलीकाण्ड भएको थियो। प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाएको थियो।

सुरक्षाको कारण घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो। अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ