काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक भएका छन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उनलाई संयोजक चयन गरेको हो । बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठहर्याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिए ।
उनले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिए । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर रहेका थिए । रासस