arrow

तेलको लागि शक्ति राष्ट्रहरु लडिरहँदा चीन के गर्दैछ यस्तो ?

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
map-Shanghai-China.jpg

काठमाडौं । विश्वका शक्तिशाली देशहरुबीच जति पनि मनमुटाव र असमझदारीहरु हुन्छन् । ती सबैमध्ये झण्डै आधा कारण तेलसँग जोडिएको विषयमा हुन्छ । पछिल्लो समय मोहम्मद बिन सलमान, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको जुन सम्बन्धको चर्चा छ । त्यो पनि यही तेलले नै सिर्जना गरेको समस्या हो । तेल बजारका ३ महानायकहरु रुस, साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्धले नै तेल राजनीतिलाई स्पष्ट पार्न सक्छ । 

तर, यसरी विश्वका शक्तिराष्ट्रहरु तेलको लागि लडिरहँदा पनि चीन भने यसमा प्रत्यक्ष सामेल भएको छैन । जस्तो कि चीनलाई तेल नै नचाहिने जस्तो ऊ यो शक्तिराष्ट्रको खिचातानीमा मात्रै दर्शक बनेर बसिरहेको छ  

बेलायतबाट प्रकाशित हुने द इण्डिपेण्डेन्टका अनुसार विश्वमा दैनिक १०० मिलियन व्यारेल तेल खपत हुने विश्वमा तेलको राजनीति हुनु अस्वभाविक पनि होईन । यो मागसँगै यसको राजनीति पनि चर्किँदो देखिन्छ । छिमेकी मुलुक भारत विश्वको तेस्रो सबैभन्दा धेरै तेल खपत गर्ने मुलुक हो भने यो कार्वनडाईअक्साई उत्सर्जन तर्फ पनि तेस्रो मुलुकमा नै पर्दछ । 

मेथनल अर्थव्यवस्था जुन धेरैलाई जानकारी नहुन पनि सक्छ । “मेथनल अर्थव्यवस्था” यस्तो अर्थ व्यवस्थालाई भनिन्छ जसमा डिजेल तथा पेट्रोलमा आधारित एउटा उर्जा जसले थोरै पेट्रोल र डिजेलको प्रयोग गरी मेथनलको प्रयोग बढ्दै जानु हो । 

मेथनल इकोनोमी र विश्व

'मेथनल इकोनोमी' को अवधारणालाई सक्रिय रुपमा चीन, इटली, स्वीडन, इजराइल, अमेरिका, अस्ट्रेलिया, जापान तथा कयौं अन्य यूरोपीय देशद्वारा लागू गरिएको छ । तर, यसमा सबैभन्दा बढी सक्रिय भने चीन नै रहेको छ । पछिल्लो समय चीनमा लगभग ९ प्रतिशत परिवहनहरु यही ईंधनबाट चल्ने गरेका छन् । चीनले अहिले तीब्र रुपमा आफ्नो उर्जाको रुपमा मेथनलको प्रयोग गर्न सुरु गरिसकेको छ । उसले भटाभट लाखौं वाहनहरुपनि मेथनलबाट चलाउन मिल्ने बनाईसकेको छ । 

चीन एक्लैले विश्वको ६५ प्रतिशत मेथनलको उत्पादन गर्दछ । यो मेथनलको उत्पादन गर्नको लागि कोइलाको उपयोग गरिन्छ । यसको अलावा इजराइल, इटली आदि देशहरुले पेट्रोलको साथमा मेथनलको १५ प्रतिशत मिश्रणको योजना बनाएको छ ।

सारांश यो हो कि देशमा बढ्दो प्रदूषण तथा कच्चा तेलको बढ्दो आयात बिलको विकल्पको रुपमा पनि विश्वका देशहरुले यसको प्रयोग गर्ने गरेको पार्इन्छ । यदि मेथनल १५ (एम १५) को पेट्रोलमा  मिसार्इयो भने यसले यो प्रदूषणमा ३३ प्रतिशत कमि आउने अध्ययनले देखाएको छ । अहिलेको पेट्रोलको माग बढी रहेको बेलामा मेथनलको विकल्प खोज्ने हो भने यसले ८० प्रतिशत प्रदूषण रोक्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ