arrow

अमेरिकाको प्रतिबन्धलाई गिज्याउँदै भारत, रुससँग अर्को सम्झौता

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
warships.png

काठमाडौं । अमेरिकी प्रतिबन्धको त्रासको बीचमा भारतले रुससँग अर्को ठुलो रक्षा सम्झौता गरेको छ । एस–४०० मिसाइल सम्झौतापछि रुससँग भारतले अर्को महत्वपूर्ण सम्झौता गरेको हो । 

भारतको गोवामा रुसको सहयोगमा दुई युद्धपोतको निर्माण गरिने भएको हो । मंगलवार भारत र रुसबीच त्यसका लागि ५० करोड अमेरिकी डलरको सम्झौता भएको हो । रक्षा सहयोगअन्तर्गत यो सम्झौता भएको हो । 

अहिले भएको सम्झौताअनुसार रुसले भारतमै युद्धपोत निर्माणको लागि रुसले केही महत्वपूर्ण प्राविधिक सहयोग गर्नेछ । जसमा उसले डिजाइन, प्रविभि र अन्य केही सामग्रीहरु दिनेछ । 

अहिले भएको सम्झौताअनुसार सन् २०२० बाट यो युद्धपोतको निर्माण सुरु हुनेछ । समयमा काम भएको खण्डमा २०२६ सम्ममा पहिलो युद्धपोतको निर्माण कार्य सकिनेछ भने दोस्रोको निर्माण २०२७ मा सकिने अनुमान गरिएको छ । 

आधुनिक स्तरको यी दुई युद्धपोत भारतको लागि निकै महत्वपूर्ण हुने बताइएको छ । यसल भारतको रक्षा प्रणाली मजबुत बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । यसअघि नै रुस र भारतको  बीचमा १ अर्ब डलरको सम्झौता भइसकेको छ । 

जसअनुसार भारतले २०२३ सम्म दुई युद्धपोत पाउनेछ । एस–४०० मिसाइल रक्षा प्रणाली खरिद गरेको ६ महिनापछि दुई मुलुकको बीचमा यो सम्झौता भएको हो ।  

अमेरिकाले भने रुससँग रक्षा सामग्रीहरु किन्ने मुलुकहरुमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । यसअघि पनि अमेरिकाले भारतलाई चेतावनी दिएको थियो तर पछि भने उसले यसमा छुट दिने निर्णय गरेको थियो । 

इरानमाथि लगाइएको प्रतिबन्धमा पनि अमेरिकाले भारतलगायतका ८ मुलुकहरुलाई छुट दिइरहेको छ । यस्तोमा भारतले पुनः रक्षा सम्झौता गर्दा पनि भारतले छुट दिनसक्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ