arrow

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, ५० को ज्यान गयो 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
Kabul.jpg

काठमाडौं । मंगलबार अफगानिस्तानको राजधानी सहर काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी ५० जना मानिसहरुको ज्यान गएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार प्रोफेट मोहम्मदको जन्मदिनको पार्टीमा यो विष्फोट गराइएको हो । 

आन्तरिक मन्त्रालयका प्रवत्ता  नाजिक डानिसले यो आक्रमणमा परी ७० जनाभन्दा बढी मानिसहरु घाइते भएको जानकारी दिएका छन् । 

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छ्रैन । अफगानिस्तानको सरकार विद्रोहीलाई वार्तामा ल्याएर समस्या समाधान गर्ने तरखरमा रहेको भए पनि मुलुकमा भने आत्मघाती आक्रमणहरु रोकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ