arrow

बाह्र वर्ष भयो विस्तृत शान्ति सम्झौताको, खोलो फर्केन 

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
shanti-samjhauta.jpeg

काठमाडौं । मंसिर ५ गते बुधबार विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । 

‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने नेपाली उखानै छ । तर १० वर्षे सशस्त्र द्धन्द्धका मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु थाँतीमा रहेका छन् । 

आयोगको समय पटक पटक थपियो तर आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको आरोप छ । आयोगले अहिलेसम्म ६३ हजार उजुरी संकलन गरे पनि ती उजुरी कुनैको पनि फछ्र्यौट गर्न सकेको छैन ।

पटक पटक थपिएको आयोगको म्याद फेरि पनि माघ २६ गते सकिँदैछ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०७१ माघ २७ गतेको निर्णयबाट ५ सदस्यीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो ।

आयोगको म्याद दुईपटक थपिएको छ । आगामी माघ २६ गते आयोगको माग सकिँदै छ ।

शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए । कोइराला बिते । प्रचण्ड दुई पटक प्रधानमन्त्री नै भए । उनको पार्टीले पटक पटक सरकारको नेतृत्व गरिसकेको छ । 

प्रचण्ड अहिले नेकपा एमालेसंग मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाएर पाँच वर्ष सरकारको नेतृत्व गर्ने बहुमतप्राप्त दलको अध्यक्ष छन् । तर पीडितमा माग सम्वोधन हुने छाँट देखाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ