arrow

दक्षिण एसियामा किन गुम्दैछ चीनको शाख ?

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ५ बुधबार
xi-jing-ping.png

काठमाडौं। पछिल्लो केही समययता दक्षिण एसियामा चीनको प्रभाव बढ्दो क्रममा रहेको छ। दक्षिण एसियाका साना मुलुकहरुलाई ऋण आर्थिक सहयोग तथा अन्य केही मामिलाहरुमा चीनले दक्षिण एसियामा आफ्नो प्रभाव उल्लेख्य विस्तार भइरहेको अवस्थामा केही समययता भने दक्षिण एसियामा चीनको प्रभाव कमजोर बन्दै गएको राजनीतिक घटना क्रमले देखाउन थालेको छ। 

चीन आफ्नो ऋणको जालमा पारी साना मुलुकहरुलाई आफ्नो प्रभाव पार्दै र उपस्थिती बढाउने दिशामा अघि बढेको थियो। यसबाट भारतलाई घेर्ने प्रयासमा चीन गर्दै छ भन्ने भारतीय सरकार तथा त्यहाँका  सञ्चारमाध्यमले बारम्बार भन्दै आएका थिए। सी सत्तामा आएपछि चीनले आफ्नो विस्तार नीतिलाई धेरै बढाएको थियो। 

दक्षिण एसियामा चीनको बढ्दो प्रभावको कारण भारतको दक्षिण एसियाको पकड केही कमजोर हुँदै गएको पछिल्लो केही समययता देखिँदै आएको हो। यस्तोमा भारतको आफ्नो छिमेकीमाथिको प्राभाव बढाउने नीति असफल भएको भन्दै आलोचना  पनि हुँदै आएको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि भारतको अन्तर्राष्ट्रिय सम्बन्ध सुधारिने अनुमान गरिएको थियो। उनले प्रशस्त विदेश भ्रमण पनि गरेका छन्। यद्यपि उनी आएसँगै भारतको छिमेकीसँगको सम्बन्ध भने कमजोर बन्दै गयो। चीनले नेपाल, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र बंगलादेशमा चीनको प्रभाव अत्यधिक मात्रामा बढाएको छ । 

चीनको प्रभाव बढेसँगै भारतले पुनःआफ्नो नीति बदल्दै छिमेकी मुलुकहरु फकाउने योजनामा देखिन्छ। यस्तोमा उसको केही नीतिहरु सफल हुँदै गएका छन्। 

माल्दिभ्सको सत्ता परिवर्तन 

भारतको सबैभन्दा चासोको विषय माल्दिभ्सको सत्ता परिवर्तनको हो। पूर्वराष्ट्रपति अब्बदुल्लाह यामिनको पालामा चीनले माल्दिभ्समा उल्लेख्य लगानी गरेको र भारतसँगको सम्बन्ध चिसिँदै गएसँगै भारत विपक्षीलाई निर्वाचनमा जिताउन लागि परेको थियो र ऊ यसमा सफल भएको छ। माल्दिभ्सका नयाँ राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले चीनसँगको व्यापार सम्झौताबाट बाहिरिने संकेत गरिसकेकका छन्। 

श्रीलंकाको राजनीतिक संकट 

श्रीलंकामा पछिल्लो समय देखिएको राजनीतिक संकटले चीनको प्रभावको विषयमा आशंका देखिएको छ। पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको पालमा गरिएको केही ठूला सम्झौताहरुले भारतको पकड कमजोर हुँदै गए पनि सन् २०१५ मा श्रीलंकामा विक्रमासिंघेको सरकार आएपछि समस्यामा परेको हो। यद्यपि अहिले महिन्दा राजपाक्षेलाई ल्याउनका लागि चीन संघर्षरत रहेको देखिन्छ। 

चिनियाँ योजनाबाट बाहिरिने बंगलादेशको निर्णय 

चीनको लागि अर्को महत्वपूर्ण चिन्ताको विषय बंगलादेशको योजनाबाट बाहिरिनु रहेको छ। केही समयअघि बंगलादेशले चीनले निर्माण गर्न लागेको संरचना आफैंले निर्माण गर्ने बताएको थियो। यसले चीनको प्रभाव बंगलादेशमा पनि कमजोर बन्दै गएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ