बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–५ मनामा मंगलबार विहान पछाडीबाट खुकुरी प्रहार र बन्चरोको विडले हिर्काउदा एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका ३५ वर्षीया प्रेम बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सोही वडाका विक्रम साउँदले पछाडीबाट बन्चरोको विडले टाउकोमा र खुकुरीले खुट्टामा प्रहार गरेर साउँदलाई गम्भीर घाइते बनाएको भाटले बताए । गम्भीर घाइते भएका साउँको टाउको र दुवै खुट्टामा खुकुरी प्रहार गरी घाइते बनाएको बडीमालिका नगरपालिका–५ का वडा अध्यक्ष बल बहादुर थापाले बताएका छन् ।
बन्चरोको विड र खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको अछामको बयालपाटा अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि नेपालगञ्ज पठाइएको आफन्तले बताएका छन् ।
खुकुरी र बन्चरोको विडले प्रहार गर्ने विक्रम साउँद भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । परार साउँदको खोजी कार्य भइरहेको प्रहरी प्रमुख भाटको भनाई रहेको छ । दुवै जनाको विवाद बारेमा भने जानकारी नभएको प्रहरीले बताएको छ ।