arrow

केपी र शेरबहादुर दुबैमा बहुमतको दम्भ: प्रकाशमान

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
prakash-man-shing1.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्ने केपी ओली र कांग्रेसको नेतृत्व गर्ने शेरबहादुर देउवा दुबैमा बहुमतक अहमता रहेको बताएका छन्।

सरकारले जनचाहान अनुरुप काम गर्न नसकेको र आफ्नै पार्टीका सभापतिले बिधान बिपरित पार्टी चलाएको उनले आरोप लगाएका छन्। बिधिबिधान मिच्ने अधिकार कसैलाइ नभएको भन्दै उनले बिधानमा २ वटा उपसभापति राख्ने ब्यबस्था नभएको उल्लेख गरे।

‘आफुलई लोकतान्त्रिक पार्टी भन्ने अनि नेतृत्वले बिधान बिपरित बहुमतको आडमा मनपरि काम भएको छ, यस्लाइ सच्चाएर अगाडी बढ्नुपर्छ’। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व महामन्त्री समेत रहेका नेता सिंहले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा कांग्रेसले हार व्यहोर्नु परेको बताए।

बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको उनको भनाइ छ। अब सबैलई समेटर बिधान र विधिलाई अबलम्बन गर्ने नेतृत्व कांग्रेसमा आम कार्यकर्ताले खोजेको उनको तर्क छ। 

नेता सिंहले बर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए। सरकारका गतिविधिले दुईतिहाइको सरकार हुदा पनि संघीयतालाई संस्थागत गर्ने पक्ष नदेखिएको उनको धारणा छ।

‘सरकार सबै दृष्टिबाट फेल भइसक्यो, जनताले यो सरकारबाट धेरै आशा गरेका थिए’ उनले भने। संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनको गुनासो छ।

समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएको भन्दै उनले कुरा मात्र ठूला गर्ने र विकास बजेट ८ प्रतिशत पनि खर्च गर्न नसक्नेबाट धेरै आशा गर्न नहुने बताए। यातायातको सिण्डिकेट, सुनकाण्ड जस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ