arrow

उडिसामा भएको सडक दुर्घटना बाह्रको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७५ मंसिर ५ बुधबार
india-odisha.png

कटाक, उडिसा। भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन्। उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएको समाचारमा जनाइएको छ।

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो। कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए। उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिएका छन्।

यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गरे। साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए। बसमा करिब तीस जना यात्रु सवार थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ