arrow

विश्वका कुन तानाशाहमा कस्तो शोख ?

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
tanasaha.jpg

काठमाडौं । केही तानाशाहहरुको चर्चा विश्वव्यापीरुपमा चुलिँदो क्रममा रहेको छ । उक्त तानाशाहहरुको शोख पनि अचम्म अचम्मको हुने गरेको समाचारहरु आउने गरेका छन् । जसमध्ये विश्वका पाँच तानाशाहहरुको अचम्मको शोख यस किसिमको छ –

१. किम जोन उन
उत्तर कोरियाका नेता किम जोन उन विश्वको सबैभन्दा सनकी नेताको रुपमा चिनिन्छन् । उनले अमेरिका, जापानजस्ता मुलुकहरुलाई दिने गरेको चेतावनीको कारण उनको विषयमा पनि निकै चर्चा हुने गर्छ । उनको शोखको कुरा गर्ने हो भने किम जोन उनलाई आफ्नो मुलुकमा बनेको कुनै पनि सामग्रीहरु मन पर्दैन । उनी आफ्नो मुलुकमा बनेको कपडा पनि लगाउँदैनन् भने खाना पनि विदेशी नै खाने गर्छन् । एक समाचारका अुनसार एक वर्षमा उनी ३ करोडको विदेशी मदिरा पिउने गर्छन् ।

२. किम इल सुङ
किम जोन उनभन्दा पहिलाका उत्तर कोरियाको तानाशाह रहेका किम इल सुङको आदत पनि निकै अचम्मको थियो । उनी सधैं जवान नै बसिरहनका लागि २० वर्षका युवतीहरुको रगत चढाउने गरेका थिए । उनले आफ्नो बारेमा एक गीत पनि लेखाएका थिए । जसलाई उनले उत्तर कोरियाको अन्तरिक्ष स्टेसनमा बजाउने गरेका थिए । जसको कारण दोस्रो ग्रहका मानिसहरुले पनि आफ्नो महानता सुनन सकुन् भन्ने उनले सोचाइ थियो ।

३. मुअमार गद्दाफी
लिबियाका शासक मुअमार गद्दाफी अमेरिकाकी पूर्व विदेशमन्त्री कोन्डलिजा राइसलाई मन पराउँथे । उनले आफ्नो एक अन्तर्वाताको क्रममा यो कुरा स्वीकार पनि गरेका थिए । राइसको लिबिया भ्रमणको बेलामा उनले एउटा सीडी बनाएर दिएका थिए । जसमा भ्रमणको क्रममा खिचिएको केही तस्वीहरु थिए र पृष्ठभूमिमा एक रोमान्टिक गीत बजिरहेको थियो । यद्यपि राइसले यस विषयमा कुनै प्रतिक्रिया दिएकी थिइनन् ।

४. ईदी अमीन
युगाण्डाका अध्यक्ष इदी अमीन विश्वका सबैभन्दा सनकी तानाशाह मानिन्छन् । उनी पश्चिमी मुलुकहरुलाई कडा चुनौती दिने गर्थे । उनी अफ्रिकी मुलुक कसैको दास नरहेको बताउने गर्थे । यसका लागि उनी चार सुट लगाएका गोरा मानिसहरुलाई आफ्नो साथमा राख्ने गर्थे र धेरैजसो समय उनीहरुको काँधमा बसेर आउजाउ गर्ने गर्थे । उनलाई युगाण्डाको कसाइ पनि मानिन्छ ।

५. निकोलाई चाउशेस्कु
रोमानियाका राष्ट्रपति निकोलाई चाउशेस्कु रोमानियाका सबैभन्दा खतरानक राजा थिए । उनलाई सधैं आफ्नो हत्या हुने डरले सताउने गरेको थियो । उनलाई आफ्नो कपडामा विष राखेर शरीरसम्म पुर्‍याइने डर थियो । जसको कारण उनी प्रत्येक दिन नयाँ कपडा लगाउने गर्थे र केही पुराना कपडाहरु विषको अंश नफैलियोस् भन्नका लागि जलाउने गर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ