arrow

पैगम्बरको जन्मदिनमा हुसेनको हत्या, इटहरीमा मुस्लिम समुदायको प्रदर्शन

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
husen.jpg

इनरुवा । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९३ औ जन्मदिनका दिन फिदा हुसेनको अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको छ ।  दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्यापछि विरोधमा स्थानीयवासीले बजार बन्द गराउनाका साथै विरोध प्रदर्शन गरेका छन् ।
 
हत्यारा पत्ता लगाएर कानूनी कठघारामा उभ्याउनुपर्ने लगायतका माग राख्दै बजारमा प्रदर्शन गरेको स्थानीवासीले बताएका छन् । प्रदर्शनकारीले कोशी राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए । हुसेनको हत्यापछि स्थानीयवासीले बुधबार धरान–विराटनगर सडकखण्डको दुहबी–सोनापुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

स्थानीयवासीले हुसेनको शव दुहबीको मुख्य चौकमा राखेर आफ्ना पाँच सूत्रीय माग राख्दै प्रदर्शन गरिरहेको स्थानीयवासी अकव अलीले बताए । हत्याको विरोधमा आक्रोशित स्थानीयवासीले अमरदीप मेडिकल हलमा तोडफोड गरेका छन ।

पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन । यसैबीच नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ