arrow

‘कम्युनिष्टबाट लोकतन्त्र खतरामा’

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
deuba-dla.jpg

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुबाट लोकतन्त्र खतरामा रहेको बताएका छन्। बुधबार राजधानीमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले नेपालका कम्युनिस्टहरूबाट लोकतन्त्र खतरामा रहेको भन्दै लोकतन्त्र जोगाउन तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए। 

‘कम्युनिष्टहरुबाट लोकतन्त्र माथी खतरा छ, चुनौती जतिबेला पनि आउन सक्छ, खतराबाट जोगाउन सबै एक भएर बसौं,’ देउवाले भने।  आफ्नै दलको नेतृत्वमा पञ्चायतलाई ढालिएको, राजालाई हटाइएको र प्रजातन्त्र स्थापना गरिएकाले कांग्रेससँग लोकतन्त्रको रक्षाका लागि जस्तो सुकै शक्तिसँग पनि लड्न सक्ने क्षमता रहेको जनाए।

लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिबद्ध हुन उनले आग्रह गरेका हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ