काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डा डिला संग्रौला पन्तले प्रदेश ७ का जिल्लाहरुमा बिहीबारबाट पार्टीको भावी कार्यदिशा र राजनीतिक प्रस्तावका बारेमा छलफल सुरु गर्न लागेकी छिन् । बिहीबार कन्चनपुरबाट छलफल सुरु गरी प्रदेश सातका सवै जिल्लामा उनी पुग्ने तयारी गरेकी छिन् ।
काँग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद समेत रहेकी संग्रौलाले महिलाका समस्या सुदुरपश्चिममा अझ बढी रहेकाले त्यसको समाधान गर्न र आवाज उठाउन अहिलेको भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरेकी छिन् ।
जिल्ला भ्रमणका क्रममा उनले पार्टीको भावी कार्यदिशा के हुने, के कस्ता कार्यक्रमहरु गर्ने, संगठन सुदृढीकरण कसरी गर्ने लगायतका विषयमा सुझाव संकलन गर्नुे कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
साथै निर्मला पन्तका हत्यारालाई कारबाहीका लागि दवाव अभियानलाई अझ शसक्त बनाउन पनि आफु सुदुरपश्चिम आएको नेतृ संग्रौलाले जानकारी दिइन् ।
भ्रमणका क्रममा उनी शुक्रबार ७ गते डोटी, ८ गते अछाम, ९ गते बाजुरा, १० गते डडेलधुरा र ११ गते बझाङ्ग पुग्ने भएकी छिन् ।
त्यसैगरी १२ गते बैतडी, १३ गते दार्चुला र १५ गते धनगढी आएर सुदुरपश्चिमको आफ्नो छलफल अभियान सम्पन्न गर्ने उनले बताइन् ।