arrow

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

logo
सिन्ह्वा,
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
china-flag.png

बेइजिङ। चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ। नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिए।

विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उनले बताए।

त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन्। यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उनले जानकारी दिए। ती संस्थाहरूमा झण्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ताहरू क्रियाशील रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ