निषेधित क्षेत्रमा इशाई धर्म प्रचार गर्न गएका व्यक्ति मारिए
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
852
Shares
काठमाडौं। भारतको एक टापुमा निषेधित क्षेत्रमा धर्म प्रचारका लागि गएका धर्मगुरु मारिएका छन्। भारतको निषेधित अन्डामन र निकोबार टापुका विशेष जातिले जोन एल्लेन चाउ नाम गरेका व्यक्तिको हत्या गरेका हुन्। अहिलेसम्म उनको शव त्यो क्षेत्रबाट बाहिर ल्याउन नसकिएको बताइएको छ।
इडिया टूडेको समाचारमा बताए अनुसार चाउ इशाई धर्मप्रचारक थिए र उनी सो टापुका मानिसहरुलाई इशाई धर्ममा आबद्ध गराउन चाहन्थे। प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अन्डामन टापुको उत्तरी क्षेत्रमा चाउको हत्या भएको हो।
यो क्षेत्रमा उक्त जातिलाई एक्लै छाडिएको छ र यहाँ बाहिरी मानिसहरुलाई जान रोक लगाइएको छ। यो क्षेत्रमा जाने मानिसको ज्यान जोखिममा हुने गरेको छ।
उक्त क्षेत्रमा चाउलाई पुर्याउन सहयोग गरेको आरोपमा ७ जना माझीहरु पक्राउ परेका छन्। अडामन र निकोबारको प्रहरीले हत्याको मुद्दा दायर गरेको छ र घटनाको विषयमा थप अनुन्धान भइरहेको बताइएको छ।