arrow

कहिले सकिएला चीन–अमेरिका व्यापारयुद्ध ?

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
america_china.jpg

काठमाडौं । चीन–अमेरिका व्यापारयुद्ध विश्व बजारमा सबैभन्दा चासो र चर्चामा रहेको विषय हो । दुई मुलुकहरुको बीचमा देखिएको व्यापारिक तनावको कारण विश्व बजारको धेरैजसो क्षेत्रहरु प्रभावित बन्न पुगेका छन् । यति मात्र होइन, दुवै मुलुकहरु आफैं व्यापारयुद्धको कारण समस्यामा परेको देखिन्छ तर उनीहरुको बीचमा अहिलेसम्म कुनै  सहमति हुन सकेको छैन । 

व्यापारयुद्धको असर देखिन सुरु गरिसकेको अवस्थामा अहिले धेरैको मनमा या व्यापारयुद्ध कहिले सकिएला भन्ने प्रश्न उठेको छ । यसैबीच स्याण्डर्ड चार्टर्ड बैंकले भने यो व्यापारयुद्ध २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनसम्म रहने बताएको छ ।

कम्पनीका प्रमुख लगानीविद स्टिभ ब्रिसले अमेरिकाको चीनसँगको व्यापारयुद्धको नीति राजनीतिसँगै परिवर्तन हुने भएकोले राष्ट्रपतीय निर्वाचनसम्मा या समस्या समाधान हुने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी कार्यकालका लागि पनि उठ्नसक्ने बताइएको छ । 

अमेरिकाको राजनीतिको प्रभावको एक महत्वपूर्ण हिस्सा चीनमाथिको व्यापारयुद्ध रहेको र अमेरिकामा हुने राजनीतिक परिवर्तनको असर यसमा देखिने ब्रिसले बताए । अमेरिकी राष्ट्रपति ट्रम्प उच्च आर्थिक वृद्धिदर र कम्पनीहरुको आम्दानी पनि उच्च रहने योजनाका साथ ल्याएको आर्थिक नीतिको कारण अमेरिकासँगको व्यापारयुद्ध चर्किएको हो । 

अमेरिकामा ट्रम्पले आफूले बोलेका धेरै योजनाहरु लागू गदै आएका छन् तर अहिलेसम्म अमेरिकामा उनको लोकप्रियता भने आशा गरिएअनुसार सुधार हुन सकेको छैन । यस्तोमा अर्थतन्त्र केही मात्र कमजोर बनेको खण्डमा पनि ट्रम्प अर्को निर्वाचनमा समस्यामा पर्नसक्ने देखिन्छ । 

ट्रम्प र चिनियाँ समकक्षी सि चिनफिङको बीचमा आगामी साता जी–२० सम्मेलनमा बैठक हुनसक्ने बताइएको छ । यद्यपि यो बैठकमा कुनै महत्वपूर्ण नतिजा भने हासिल हुने सम्भावना कम रहेको विश्लेषकहरु बताउँछन् । अहिले देखिएको चीन–अमेरिकाको व्यापारिक द्वन्द्वको कारण विश्व बजारमा अत्यधिक मात्रामा तरलता पैदा भएको छ । यो तरलताले विश्वको आर्थिक सुधार आगामी वर्ष कमजोर रहने बताइँदै आएको छ । 

अहिलेको आर्थिक अवस्था हेर्ने हो भने अमेरिकाको लागि पनि व्यापारयुद्धको नतिजा आगामी वर्ष राम्रो नहुने ब्रिस बताउँछन् । यद्यपि अहिले भने अमेरिकाको अर्थतन्त्र बलियो अवस्थामा रहेको उनको भनाइ छ । यस वर्ष अमरिकाको व्याजदर लगातार बढ्नुले विश्व बजारमा समस्या बढाएको हो । 

अमेरिकामा बढ्दो व्याजदरको कारण लगानीकर्ताहरुले आफ्नो पैसा फिर्ता गरिरहेको कारण अस्थिरता मौलाएको हो । आगामी वर्ष अमेरिकाको व्याजदर रोकिनेसम्भावना रहकोको छ तर आगामी डिसेम्बर र २०१९ को सुरुवातमा २ पटक अमेरिकाको व्याजदर अझै पनि बढ्नसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ