विद्यार्थी सवार बस दुर्घटनामा १६ जनाको मृत्यु, घाइते २७ मध्ये ७ गम्भीर
उद्धारमा कठिनाइ, प्रहरी स्रोतका अनुसार मृतक बढ्न सक्छन्
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
360
Shares
डडेलधुरा । डडेलधुराको रडुवाखोलामा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । केआई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवाखोलामा बिहीबार साँझ बस दुर्घटनामा परेको हो । १० जनाको घटनास्थलमै र ६ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी कम्तीमा २७ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ ।
उग्रतारा मन्दिरमा लागेको जात्राका सहभागी लिएर फर्कंदै गरेको डोटीको शिखर नगरपालिका वान्डुग्रीसैनस्थित पिसजोन एकेडेमीको से१क २९३ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । बस सडकदेखि ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनाका गम्भीर घाइतेलाई धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी स्रोतका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
उद्धारमा कठिनाइ भएको डडेलधुराका डीएसपी डम्बर केसीले बताएका छन् । राति भएकाले उद्धारमा कठिनाइ भएको भन्दै प्रहरीले बसमा कति जना सवार थिए भन्ने यकिन नभएको जनाएको छ ।