arrow

हरियाणामा ‘नो भोट’ बढी, कुनै उम्मेदवार फेरि लड्न नपाउने

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
no-vote1.jpg

काठमाडौं । भारतको हरियाणा निगम चुनावमा ‘नो भोट’ अर्थात् यी उम्मेदवारमध्ये कसैलाई पनि भोट दिन्न भन्नेमा सबैभन्दा धेरै मत आएपछि फेरि चुनाव हुने भएको छ । 

यो नतिजाले पहिलो पटक लडेका सबै प्रत्यासी दोस्रो पटक हुने चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् । 

हरियाणा राज्य निर्वाचन आयोगले नगर निगम चुनावमा प्रत्यासीजस्तै ‘नो भोट’ लाई पनि गणना गर्ने निर्णय गरेको हो । 
 
भारतमा कुनै पनि चुनावमा पहिलो पटक यस्तो भएको हो । 

अहिलेसम्म हर स्तरको चुनावमा सबैभन्दा बढी मत ‘नो भोट’ लाई मिल्यो भने दोस्रो नम्बरमा आउने उम्मेदवारलाई विजेता घोषित गरिन्थ्यो । 

अब भने ‘नो भोट’ लाई विजेता मानेर चुनाव नै रद्द गरिने भएको हो । त्यसपछि दोस्रो पटक चुनाव हुनेछ । यतिबेला पहिलो चुनावमा उठेका उम्मेदवार दोस्रो पटक प्रत्यासी बन्न पाउने छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ