arrow

[अपडेट] स्कुले बस दुर्घटनामा १८ जनाको मृत्यु, २७ घाइते, केही गम्भीर 

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
dadeldhura_accident.jpg

डडेलधुरा । डडेल्धुरामा स्कुले बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

केआई सिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवाखोलामा बिहीबार साँझ बस दुर्घटनामा परेको हो । १० जनाको घटनास्थलमै र ८ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उग्रतारा मन्दिरमा लागेको जात्राका सहभागी लिएर फर्कंदै गरेको डोटीको शिखर नगरपालिका वान्डुग्रीसैनस्थित पिसजोन एकेडेमीको से१क २९३ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । बस सडकदेखि ३ सय मिटर तल खसेको थियो । 

घाइतेमध्ये उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १३ जनाको उपचार भइरहेको छ । १४ जनालाई बाहिर रिफर गरिएको छ । दुईजना भने डिस्चार्ज भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ