मुलुक दुई तिहाईको अस्थिरताबाट गुज्रिएको छ : महेश आचार्य
नारायण रिजाल,
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
637
Shares
बागलुङ । नेपाली कांग्रसका केन्द्रिय सदस्य महेश आचार्यले दुई तिहाई सरकारको दम्बका कारण मुलुक अधिस्थरतामा नै गुज्रिएको बताएका छन । नेपाल प्रेस युनियन बागलुङले शुक्रबार बागलुङमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले देशमा राजनितिक स्थिरताको निम्ती विधिको सासन नभएका कारण अहिले सम्म केही उपलब्धी हुन नसेको बताएका छन ।
सरकार दुई तिहाईको छ तर उपलब्धी शुन्य छ नेता आचार्यले भने, ‘प्रधानमन्त्री विधिको सासनमा नचल्दा मुलुक अलमलमा परे जस्तो देखिएको छ ।, राजनिति स्थिरता कायम गर्नका लागी सरकार विधिको सासन कायम गरेर अगाडि बढन जरुर छ ।’
नेता आचार्यले दुईतिहाई बहुमत प्राप्त सरकार पनि अस्थिर बनेको आरोप लगाएका छन् । उनले केपी ओली नेतृत्वको सरकारलाई समुन्द्री सुनामीमा परेको डुङ्गासंग तुलना गर्दै दुई तिहाई प्राप्त सरकारबाट त्यो अपेक्षा नगरिएको बताए । सरकारमा चाकडी प्रथा आएको छ नेता आचार्यले भने, ‘यसको अन्त्य नभए सम्म सरकारले कुनै पनि गतिविधि अगाडि बढाउन सक्दैन ।’
पुर्व अर्थमन्त्री समेत रहेका नेता आचार्यले सरकारले आर्थिक स्थिरतका निम्ती लगानै मैत्री बातवरण सृजना गर्नुपर्ने बताएका छन । उनले विकास खर्च सुस्त गतिमा भएको भन्दै यसलाई कार्यान्वयनका लागी प्रशासनलाई बलियो बनाउन आवश्यक रहेको बताए । राजनितिक हस्तक्षेपको कारण कर्मचारी तन्त्रले काम गर्न नसकेको उनको भनाई थियो । सबै क्षेत्रमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेपका कारण कर्मचारी तन्त्रले काम गर्न नसकेको बताउँदै त्यसको असर विकास निर्माणमा देखिएको उल्लेख गरे ।
नेता आचार्यले संसदका विभिन्न समितिहरु पनि दुई तिहाई सरकारको छायाँमा परेको भन्दै उनिहरुले कुनै पनि कामहरु सम्पादन गर्न नसकेको जिकिर गरे ।
उनले नेतृत्वको आचारण संघात्मक व्यवस्था अनुसार नभएको उल्लेख गरे । आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलि नरुचाएका आचार्यले कांग्रेसमा नेता बलियो बन्दै गर्दा जनमत गुमाउँदै गएको उल्लेख गरे । पार्टी भित्र बिडम्बनायुक्त अवस्था रहेको स्वीकार्दैै उनले पार्टी सभापति देउवालाई परामर्शको दायरा फराकिलो बनाउन आग्रह समेत गरे । साथै पार्टि भित्र सभापतिको निर्णय प्रक्रिया हावी भएको छ आचार्यले भने, ‘पार्टि संगठनलाई बलियो बनाई प्रमुख प्रतिपक्षको बलियो भुमिका खेल्नका निम्ती परामर्शको आवश्यक रहेको छ ।
कार्यक्रम प्रेस युनिय बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षता उपाध्यक्ष संगम घर्तिको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन भएको थियो ।