arrow

काश्मिरमा छ जना विद्रोहीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
kasmirattack.jpeg

काश्मिर, भारत। सधैं अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ।

काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो। भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ।

गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरुले शङ्कास्पद व्यक्तिहरु रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए।

काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ। भारत र काश्मिरमा बाँडिएको काश्मिरका विषयमा भारत र पाकिस्तानबीच दुई वटा युद्ध भइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ