नेमकिपा भक्तपुरको विकास विरोधी भएको महेश बस्नेतको आरोप
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
602
Shares
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाएका छन् ।
शुक्रबार भक्तपुर कार्यक्रममा उनले भने, “त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध गर्यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।”