arrow

नेकपाले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ। नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।

नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेश गरेका थिए। प्रवक्ता श्रेष्ठले भने, “प्रतिवेदनमाथि छलफल भयो। छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदनलाई टुङ्गो लगाएको छ। टुङ्गो लागेको प्रतिवेदनलाई सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय भयो।”

प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरण र कार्यविभाजन हुने जानकारी दिए। साथै अगामी बैठकमा सरकार, पार्टी र संसद् सञ्चालनसम्बन्धी समीक्षा गरी नयाँ कार्ययोजना बनाउने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ