arrow

श्रीलंकाली संसदको प्रमुख समितिमा राजपाक्षेका विपक्षीको पकड 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ८ शनिबार
rajapaksha.jpg

काठमाडौं । श्रीलंकाका बर्खास्त गरिएका प्रधानमन्त्री रानिल विक्रमासिंघेको गठबन्धनले शुक्रबार श्रीलंकाको संसदमा शक्तिशाली समितहरुमा नियन्त्रण कायम गरेको छ । यसलाई राष्ट्रपति मैत्रीपाला सिरिसेना तथा उनले नियुक्त गरेका महिन्दा राजपाक्षेको पार्टीलाई ठुलो झड्का रहेको बताइएको छ । 

सोमबार स्थगित भएको संसद शुक्रबार पुनः सुरु भएको थियो । सिरिसेनाका पार्टीका सदस्यहरुले भने सभामुखको पपुल्स फ्रिडम एलायन्स (यूपीएफए)को सदस्य नियुक्तिको विषयमा आपत्ति जनाउँदै संसद बैठक बहिस्कार गरेका थिए । 

गत अक्टोबर २६ देखि सुरु भएको राजनीतिक द्वन्द्वको बीचमा श्रीलंकाको संसदले यस्तो निर्णय गरेको हो । अहिले विक्रमासिंघे र राजपाक्षे दुवैले आफू प्रधानमन्त्री भएको भन्दै दाबी गर्दै आएका छन् । 

शुक्रबारको बैठकले समितिको निष्कर्ष भने निकाल्न सकेको थिएन । यूपीएफएका सदस्ग दिनेश गुनावर्धनेले सभामुखको रवैया पक्षपातपूर्ण रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ