arrow

कपिलवस्तुमा गोली हानी युवा नेताको हत्या, घटनाको आरोपमा २ जना पक्राउ

लवनी क्षेत्र दिनभर तनावग्रस्त

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ मंसिर ८ शनिबार
yuba-neta.jpg

कपिलवस्तु । सामान्य विवादमा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोदन गाउपालिका– ४ मोतिभारीमा युवा नेता राजा बावु भन्ने ३५ बर्षे दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरिएको छ । प्रदेश नम्बर ५ अन्र्तरगत कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट स्वतन्त्र उम्मेद्धार समेत रहेका उनलाई अज्ञात समुहले गोली प्रहार गरेका हुन ।  लवनी– हथिहवा सडक खण्ड अन्तर्गत मोतिभारीमा रहेको घर नजिकै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । राती ९:४० बजे ३५ बर्षिया चौधरी माथी गोली प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा ५ वटा गोली हानिएको छ । मानिएका राजाबाबुको हत्या पश्चात लबनी क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

आक्रोशित भिडले हत्या आरोप लागेका बन्टी भनिने अजित पाण्डेको मोतिभारी स्थित घर कम्पाइन मेशिन ट्याक्टर  र लबनी स्थित प्रमिला पेट्रोल पम्पमा आगजनी र तोडफोड गरेका छन् । राजाबाबु शुक्रबार उक्त घटना घट्नुपुर्व मोतिभारी स्थित घरमै थिए । राती ९ बजे सामान किन्न पसल गएका मृतक दिपेन्द्रका भाई जितेन्द्र चौधरीसंग स्थानीय अजित पाण्डे  (बन्टी) को अभिराम मदिरा पसलमा विवाद भएको थियो । विवादपछि जितेन्द्रले दाजु राजाबाबुलाई फोन गरि बोलाएका थिए । बाटोमा निस्किएका दिपेन्द्र र अजितबीच पुनः बिबाद भयो । बिवादपश्चात अजितले दिपेन्द्रमाथी सिधै गोली प्रहार गरेका मृतक दिपेन्द्रका भाई जितेन्द्रले बताए ।

‘ मलाई बचाउन आएका दाईमाथी अन्धाधुन्द गोली चलाए पछि भागेर ज्यान जोगाए ’ उनले भने । मृतक दिपेन्द्र र अजित बिच केही बेर घम्सासी समेत भएको थियो ।   सामान्य बिबादमा पनि अजितले आफ्नो दाजुमाथी गोली प्रहार गरेपछि आफु त्यहाबाट भागेको भाई जितेन्द्रले बताए । यसबारे सयममै प्रहरीलाई जानकारी गराएको तर चासो नदिदा  हत्यारा भाग्न सफल भएका उनले बताए । घटनामा तत्कालै दिपेन्द्रको मृत्यु भएको थियो ।

उपचारकालागि भैरहवा स्थित मेडीकल कलेजमा उनलाई लगिएको थियो । डाक्टरहरुले उनलाई तत्कालै मृत घोषित गरेका थिए । उनको शवलाई बिहान १० बजेतरि लबनी ल्याई पछि उनका आफन्त तथा आक्रेोसित स्थानीयले लवनीमा प्रहरी प्रशासन बिरुद्ध चर्को नारा लगाउदै प्रर्दशन गरेका थिए । तौलिहवा भैरहवा  राजमार्गको लबनी सडक खण्ड विहानै देखि बन्द छ । मृतक चौधरीको शव सडकमै राखेर उनका सर्मथकहरु आन्दोलित छन् ।

हत्यारा पक्राउ नपर्दासम्म शव नउठाउने भन्दै स्थानीयले आन्दोलन चर्काएका छन् । प्रहरीले तोडफोड र आगजनी गर्ने समूहलाई नियन्त्रण गर्न ८ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । लबनी र मोतिभारी क्षेत्रको अवस्था अझै तनावपूर्ण छ । लवनी र मोतिभारीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।  प्रहरी प्रवक्ता डिएसपी रबी रावलले घटनास्थलबाट बरामद यूपी ५५ टी २३५ नम्बरको भारतीय मोटरसाइकल धनी दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु गुल्टु भन्ने अमित पाण्डेलाई राती नै नियन्त्रणमा लिइएको बताए ।

 प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले घटनास्थल प्रहरी नियन्त्रणमा भएको र आन्दोलनरत पक्ष संग बार्ता भइरहेको बताए । मृतक दिपेन्द्र स्थानीय निकायको निर्वाचनमा फोरक लोकतान्त्रिकबाट गाउपालिकाको प्रमुखका उम्मेदवार बनेका थिए । कुल १३ सय ६८ मत पाएका उनी भिनो मतले पराजित भएका थिए । मृतकको श्रीमति तथा पांच बर्षिया र ३ बर्षे छोरा छन  ।

यसै बिच आफ्ना युवा नेताको हत्या प्रति नेपाल कम्यूनिष्ट पार्टीले आपत्ती जनाएको छ । नेकपा सचिव विष्णु शाहले राजाबाबु चौधरीको मृत्युले पार्टीलाई अपूरणीय क्षती भएको भन्दै उनले हत्यामा संलग्नलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन । लवनी क्षेत्रमा हजारौ स्थानीय नागरिकहरुले हत्यारालाई प्रकाउ गरी कारवाही गर्न माग गर्दे आन्दोलनमा उत्रिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ