राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : शशांक कोइराला
प्रकाशित २०७५ मंसिर ८ शनिबार
607
Shares
कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उनले भने, “करीब ५५ लाख युवा देश बाहिर छन्, उनीहरुलाई राष्ट्र निर्माणका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।”
महामन्त्री डा कोइरालाले नेपालमा ६० प्रतिशत व्यक्ति ४० वर्षभन्दा कम उमेरका रहेको उल्लेख गर्दै राष्ट्रको उन्नति तथा विकासको काममा उनीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिए।
जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने चर्चा गर्दै उनले नवलपुरमा जिल्ला अस्पताल नभएकाले यसको स्थापना गर्नुपर्ने बताए।
जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले जिल्ला समन्वय समितिलाई आवश्यक पर्ने कानुन, बजेट व्यवस्थापन र जनशक्ति उपलब्ध गराउनुपर्ने आवश्यकता माथि जोड दिए । रासस