डडेल्धुरा । नेपाल प्रेस युनियन डडेल्धुराको आयोजनामा आज साँझ ६ बजे सदरमुकामको मुख्य बजारमा रहेको सहिद भिमदत्तचौक नजिक दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
बिहिवार अमरगढी ११ रडुवाखोला डडेल्धुरा नजिकै र देशका अन्य स्थानमा भएका दुखद दुर्घटनामा ज्यान गुमाएका मृतक प्रति मृतआत्माको चिर शान्तिका लागि हार्दिक श्रद्धाञ्जली प्रकट तथा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्न दिप प्रज्वलन गरिएको नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष धन बहादुर भण्डारीले जानकारी दिएका छन ।
डडेल्धुरामा भएको बस दर्घटनामा १८ जनाको ज्यान गएको थियो भने घाईते भएका २६ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।