arrow

पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा अझै संकटमा

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
press-union-sunsari.jpg

सुनसरी। पत्रकारहरुको पेशगात तथा भौतिक सुरक्षा अझै जोखिममा रहेकाले पूर्ण प्रेस स्वतन्त्रताका लागी सवै एक पटक फेरी अभियानमा लाग्नु पर्ने नेपाल प्रेस युनियन सुनसरी जिल्लाको इटहरीमा भएको पद हस्तानतरण तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागी पत्रकार तथा नेताहरुले बताएका छन। 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अमृत अर्यालले प्रेस स्वतन्त्रता संकटमा पर्दै गएमा लोकतन्त्रै खतरामा पर्ने बताए। पूर्व राज्य मन्त्री तथा सांसद सिताराम मेहेताले प्रेस स्वतन्ता र लोकतन्त्र एक अर्काका पुरक भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सभापती तथा प्रदेश नम्वर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोईराला,प्रदेश सांसद नमिता चौधरी,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाली कांग्रेस इटहरी नगर समितिका सभापति हेमकर्ण पौडेल,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का ,नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य कृष्ण हुमागाई, सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी लगायतले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा अझै संकटमा पर्दै गएकाले प्रेस स्वतन्त्रताका लागी सवैले सहयोग गर्नु पर्नेमा जोड दिए।

प्रेस युनियन सुनसरका निर्वतमान अध्यक्ष  गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निर्वतमान सचिव पवन अधिकारीले गर्नु भएको थियो। भने कार्यक्रमको संचालन संजिव अधिकारीले गर्नु भएको थियो।

नेपाल प्रेस युनियन सुनसरी जिल्लाको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ,केन्द्रिय तथा प्रदेश पार्षदहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत आर्याल,पूर्व राज्य मन्त्री तथा सांसद सिताराम मेहेता, प्रदेश नम्वर १ का प्रमुख प्रतिपक्ष दलका नेता सुनसरी कांग्रेस सभापति राजिव कोईराला, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, निर्वाचत समितिका संयोजक कृष्ण अधिकारीले प्रमाण पत्र वितरण गरी नेपाल प्रेस युनियन सुनसरी जिल्लाका अवको पहिलो कार्यकालको लागी धन वहादुर पुरी र दोस्रो कार्यकालका लागी पवन अधिकारीलाई र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद वहाली समेत गरिएको थियो।

नेपाल प्रेस युनियन सुनसरी जिल्लाको आठौ जिल्ला अधिवेशनेको सम्पन्न निर्वाचनबाट अध्यक्षमा  क्रमस धन वहादुर पुरी र पवन अधिकारी निर्वाचन हुनु भएको र आलो पालो चलाउने सहमती भएको र उपाध्यक्षमा संजिव वाग्ले,महिला उपाध्यक्ष रञ्जना पौडेल, सचिव निशान कुमार चौधरी,सहसचिव सुप्रिया राई र उषाकिरण घिमिरे र कोषाध्यक्षमा मिकाईल आलम लगायत कार्यसमितिका सदस्यहरुमा र केन्द्रिय पार्षद तथा प्रदेश पार्षदमा निर्वाचित हुनु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ