arrow

‘अब हिन्दू चुप बस्दैनन्’

अयोध्यामा दुई लाख राम भक्तको धर्म सभा

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
uddav-thakare.jpg

काठमाडौं । भारतको अयोध्यामा आइतबार रामभक्तको धर्म सभा भइरहेको छ । विश्व हिन्दू परिषद विहिपको धर्मसभामा दुई लाख रामभक्त भेला हुने जनाइएको छ । 

साढे ४ घण्टासम्म चल्ने सभाबाटै विहिपले सरकारसंग राम मन्दिरका लागि अध्यादेश ल्याउन माग गर्नेछ । 

हजारौंको संख्यामा सन्तहरु पनि भेला भएका छन् । अयोध्यामा कुनै दुर्घटना नहोस् भन्नका लागि ७० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

उक्त सभामा भारतीय जनता पार्टी भाजपाका केही चिनिएका नेताहरु पनि सहभागी छन् । 

शिवसेना प्रमुखको हुंकार
यसैबीच शिवसेना प्रमुख उद्धव ठाकरेले पत्रकार सम्मेलन गर्दै आफ्नो अयोध्या यात्रा सफल भएको बताएका छन् । उनले हिन्दू तागतबर भएको र मार नखाने बताएका छन् । 

उनले चुनावका बेलामा सबैले राम राम भन्ने तर राम मन्दिर अझैसम्म नबनेकाले अब यसलाई लडाइँ लड्ने बताएका छन् । 

उनले कानुन बनाउ वा अध्यादेश ल्याउ तर राम मन्दिर छिट्टै बनाउ भन्दै सरकारसंग आग्रह पनि गरेका छन् । 

ठाकरेले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार मजबुद् भएकाले छिट्टै राममन्दिर बन्ने विश्वास पनि लिएका छन् ।  

उनले ‘अब हिन्दू चुप बस्दैनन्’ भन्दै यसका लागि संघर्ष गर्न तयार रहेको पनि बताएका छन् । हिन्दूको भावनामाथि खेलवाड नगर्न समेत उनले चुनौती दिएका छन् । 

उनले आफू कि मन्दिर जाने कि जेल जाने भनेका छन् । उनले यो सरकार बनोस् वा नबनोस् मन्दिर जरुर बन्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ