arrow

मच्चियो रुस र युक्रेनबीच टकराव, युक्रेनका तीन जहाज रुसको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर १० सोमबार
russia-ukraine.jpg

काठमाडौं । रुसले युक्रेनका तीनवटा जहाज नियन्त्रणमा लिएको छ । क्रिमियाइ प्रायद्वीपको नजिक नौसैनिक जहाजमा हमला गरेर रुसले आफ्नो कब्जामा लिएको हो ।

रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि यो विवाद उत्पन्न भएको हो ।

घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको थियो ।

map

यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् ।

आजोव सागरको जलीय सीमा रुस र युक्रेनबीच बाँडिएको छ । रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाइते भएको युक्रेनले बताएको छ ।

Russian navy vessels encircling Ukrainian ships, 25 November

युक्रेनले विज्ञप्ति निकालेरै विरोध गरिरहँदा रुसले भने युक्रेनको दाबीसम्बन्धमा थप कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०१४ देखि पूर्वी दोनेस्क र लुथान्स क्षेत्रमा १० हजार भन्दा बढीको ज्यान गइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ